यी हुन् तनाव कम गर्ने घरेलु उपाय

आधुनिक युगमा तनाव प्रायः मानिसको समस्याको विषय बनेको छ। यसले हाम्रो दिनचर्या र कामलाई प्रत्यक्ष रूपमा प्रभावित पार्छ। यसबाट मुक्त हुन या उपचार गर्नका लागि चिकित्सककहाँ नै पुग्नुपर्छ भन्ने छैन। घरमै सजिलो गरी उपचार पनि गर्न सकिन्छ।

दूध र बदाम
तनावबाट टाढिनका लागि दूध र बदामको सही तरिकाले प्रयोग गर्न सकिन्छ । यो प्रायः सबैको घरमा हुन्छ या सजिलै लिन पनि सकिन्छ। आफ्नो आहारमा तातो दूध र ५ दाना बदाम समावेश गर्न सकिन्छ। दिनमा दुईदेखि तीनपटकसम्म यसको सेवन गर्न सकिन्छ। यसो गर्दा तनाव टाढा भागेर जान्छ।

Advertisement

नीम
नीम मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। यसको सेवनले चर्मरोगलगायतका कैयौँ शारीरिक समस्याबाट मुक्ति पाइन्छ। यसले तनावलाई पनि सजिलै टाढा गर्न भूमिका खेल्छ। यसका लागि तपाईंले आफ्नाे निधारमा नीमको पाउडर लगाउन सक्नुहुन्छ।

दूध र अदुवा
तनावलाई नियन्त्रणमा राख्न दूध र सुकेको अदुवालाई पनि प्रयोग गर्न सकिन्छ। दूध र अदुवाको पाउडरको पेस्ट बनाई टाउकोमा लगाउँदा तनावलाई निकै राहत मिल्छ। त्यसको केही समयपछि बिस्तारै तनाव कम हुँदै जान्छ।

चिसो टावेल
यदि तनावका कारण टाउको दुखिरहन्छ या एकै ठाउँमा ध्यान केन्द्रित गर्न सकिरहनुभएको छैन भने चिन्ता लिनुपर्दैन । यसका लागि टावेललाई चिसो पानीमा भिजाएर निचोरी केहीछिन निधार या टाउकोमा राख्न सक्नुहुन्छ । यसो गरेको केही समयपछि बिस्तारै तनाव कम हुन्छ।

नरिवलको तेल
नरिवलको तेलले मालिस गर्दा पनि तनाव दूर भएर जान्छ। तनाव भइरहको छ भने नरिवलको तेलले पूरै शरीर मसाज गर्न सक्नुहुन्छ। यसले तनावलाई कम त गर्छ नै, शरीरभरिको रक्तसञ्चार पनि स्वस्थ हुन्छ।

पानको पात
पानको पातमा पीडा कम गर्ने र चिस्याउने गुण हुन्छ। यसले तनाव हटाउन पनि सहयोग पु¥याउँछ। यति मात्र नभएर तनावको अवस्थामा अँध्यारो कोठामा करिब आधा घन्टासम्म सुत्दा पनि हलुका अनुभूति हुन्छ।

ग्रिन टी
मोटोपन कम गर्न, उच्च रक्तचापलाई सामान्य बनाउन, मुटुलाई स्वस्थ राख्न मात्र नभई तनावलाई दूर गर्न पनि ग्रिन टीको प्रयोग गर्न सक्नुहुन्छ । ग्रिन टीमा एल–थियमाइन नामक तत्व हुन्छ। जसले तनाव कम गर्न मद्दत पु-याउँछ। यसका साथै तनावबाट बच्न सकारात्मक सोच र नियमित व्यायामको पनि आवश्यकता हुन्छ।

स्वास्थ्यका लागि खतरनाक
वर्तमान समयमा मानिसको सबैभन्दा नजिकको साथी बनेको छ, तनाव । दैनिकीमा आउने अप्ठ्यारा, कामको प्रेसर र प्रतिस्पर्धाले मानिसलाई तनावयुक्त बनाइरहेको छ । तनाव हुँदा यसले पूर्ण शरीरमा प्रतिक्रिया देखाउँछ। जीवनमा संकट उत्पन्न हुँदा पनि तनाव उत्पन्न हुन्छ । यस्तो अवस्थामा मानसिक सन्तुलन बिग्रेर जान्छ। तनावका कारण मुड, रचनात्मकता, सम्बन्ध, स्वास्थ्य सबैमा असर पुग्ने गर्छ।

More News last news
Loading...