ग्यास्ट्रिकबाट बच्न अपनाउनुहोस् यी उपाय

लगातार पानी पिउनुपर्दछ, जसले पेटमा ग्यास भरिन नदिनुका साथै शरीर सन्तुलनमा राख्न सहयोग गर्दछ। तर, कोल्डड्रिंक्स पिउनुहुँदैन, जसले झन् ग्यास बढाउँछ।

– ग्यास्ट्रिक भएकाले समय–समयमा खानेकुरा खाइरहनुपर्छ। लामो समयसम्म नखाँदा पेटमा हावा भरिएर समस्या हुन्छ।

Advertisement

– धूम्रपान, मद्यपान गर्नुहुँदैन । साथै, जंंकफुड सकभर खानुहुन्न।

– बढी पिरो, अमिलो, बट्टाको अचार, मसलेदार खाना खानबाट सजग हुनुपर्छ ।

– बिहान उठ्नेबित्तिकै दुई–तीनवटा लसुनका पोटी खानुपर्छ । जसले ग्यास्ट्रिकलाई फाइदा गर्नुका साथै उच्च रक्तचापको जोखिमसमेत कम गर्दछ।

– पेटमा धेरै ग्यास भएका वेला कागती-पानी पिउनु उपयुक्त हुन्छ। जसले ग्यास हटाउनुका साथै पेट फुल्नसमेत दिँदैन।

– ग्यास्ट्रिकले बढी नै सतायो भन्दै दुखाइ कम गर्ने औषधि खाने गरिन्छ। जथाभावी औषधि सेवन गर्दा साइड इफेक्ट हुने सम्भावना हुन्छ।

More News last news
Loading...