घरमै बसीबसी यसरी बनाउनुस् चम्किलो अनुहार !

काठमाडौँ । छालासँग जोडिएका कतिपय समस्यालाई घरमा नै सजिलै उपलब्ध हुने सामाग्रीबाट समाधान गर्न सकिन्छ। हाम्रो भान्छामा कतिपय यस्तो सामाग्री हुन्छन् जसको प्रयोग गर्न जानियो भने धेरै समस्यालाई समाधान गर्न सकिन्छ।

यस्ता घरेलु उपायको मुख्य फाइदा भनेको साइडइफेक्ट नहुनु हो । साथै यसको लागि मोटो रकम खर्च गर्नुपर्ने आवश्यकता समेत पर्दैन। यस्तै सामाग्री मध्ये चामलको पिठो पनि एक हो, जसको प्रयोग त्वचासँग जोडिएका समस्याहरु समाधानको लागि गरिन्छ। आज हामी चामलको पिठो प्रयोग गरेर विभिन्न समस्याको समाधान गर्ने उपायको बारेमा जानकारी दिँदै छौँ।

Advertisement

१) आँखा तल्लो भागमा देखिने कालो घेरालाई हटाउनको लागिदुई चम्चा चामलको पिठोमा पाकेको केरा वा एक चम्चा बदामको तेल राखेर फिट्ने । तयार भएको पेष्टलाई कालो घेरा लगाउने । यस्तो प्रक्रिया दिनहुँ गर्नाले समस्या समाधान हुन्छ।

२) कालो दाग र मुसा आउने समस्याको लागि उपयोगीचामलको पिठोमा एक चम्चा मह र ध्युकुमारीको जेल मिलाएर पेष्ट बनाउने । उक्त पेष्टलाई प्रभावित ठाउँमा लगाउने गर्नाले कालो दाग र आएको मुसा हराएर जान्छ।

३) घामले डढेको छालाको कालो धब्बालाई हटाउन मद्दतगारएक चम्चा चामलको पिठोमा कागतीका रस मिलाएर पेष्ट बनाउने । तयारी पेष्टलाई डढेको छालामा लगाएर सुस्क दिने र सुकिसकेपछि हल्का मनतातो पानीले धुने गर्नुपर्दछ।

४) अनुहारमा देखिने बुढौलिपन हटाउनको लागिचामलको पिठो जवान देखिने एक राम्रो सामाग्री हो । अनुहारमा कम उमेरमै बुढौलिपन देखिने नदिनको लागि अण्डामा चामलको पिठो मिलाएर त्यसमो दुई थोपा ग्लिसरीन राख्ने । यसरी तयार भएको प्याकलाई अनुहारमा लगाउने र सुकेपछि मनतातो पानीले धुने गर्दा अनुहारमा चमक आउनुको साथै जवान पनि देखिन्छ।

More News last news
Loading...