पर्याप्त मात्रामा सुत्नुस्, निन्द्रा नपुग्दा आउँछन् यस्ता समस्या

दिनभरको कामको थकाइ मार्न राति पर्याप्त सुत्न आवश्यक छ। स्वास्थ जीवनका लागि पनि निन्द्रा अत्यावश्यक छ। वयस्क मानिसका लागि सात आठ घण्टाको निन्द्रा चाहिने चिकित्सकहरू बताउँछन्।

दैनिक जीवनमा तलमाथि हुँदा पनि निद्रामा कमि आउँछ । निद्रामा आउने समस्यालाई ‘स्लीप ऐपनिया’ भनिन्छ । जुन बढ्दै जान्छ र निद्रामा सास रोकिने समस्या आउँदा मानिसको मृत्यु पनि हुनसक्छ ।

Advertisement

वयस्क उमेरका व्यक्तिहरू काममा व्यस्त रहने र राति अवेर सुत्ने गरेका पाइन्छन्। शरीरमा भएको बायोलोजिकल घडीले हाम्रो शरीरमा सुत्ने र उठ्ने नियम कायम राख्छ। यदि राति धेरैबेरसम्म सुतिएन भने यो नियम टुट्छ र स्वस्थ्यमा प्रतिकुल प्रभाव पार्छ। जसले अनेक डरलाग्दा रोग निम्त्याउँछ ।

निद्रा नपुग्दा मस्तिष्कले पूरा आराम पाउँदैन । जसले गर्दा मानसिक तनाव बढ्छ। सही समयमा खाना नखानु, शारीरिक व्यायाम नगर्नु, राम्रोसँग नसुत्नु जस्ता कारणले मानसिक तनाव बढ्छ।

रातिसम्म अनिदो बस्नेहरुको शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ। र विभिन्न भाइरस, ब्याक्टेरिया र रोगको संक्रमण बढ्छ ।

अनिदो उच्च रक्तचापको प्रमुख कारण हो। उच्च रक्तचापको कारण अन्य रोगहरु जस्तै मधुमेह, मुटुको रोग, मिर्गौला बिग्रिने र मस्तिष्काघातजस्ता रोग लाग्नसक्छ।

राति धेरैबेर बस्दा शरीरमा हर्मोनको मात्रा बिग्रिन्छ। हर्मोनको गडबढीको कारण विभिन्न प्रकारका रोग लाग्ने खतरा पनि बढ्छ, जसमा मधुमेह प्रमुख मानिन्छ।

रातिसम्म नसुत्ने पुरुषको वीर्यमा शुक्रकीटको मात्रामा कमी आउँछ र यसको आयु पनि घट्छ । ढिलो सुत्ने र आराम कम गर्दा शरीरमा एन्टीस्पर्म एन्टीबडीको लेबल बढ्छ जसले प्रतिरक्षा प्रणालीमा कमी गराउँछ र शुक्रकिटलाई मार्छ।

More News last news
Loading...