ओठ स्वस्थ र सुन्दर बनाउने घरेलु उपाय

गर्मीमा पर्याप्त मात्रामा तरल पदार्थ सेवन गर्नुपर्छ। यसबाट शरीरको नरमपनसँगै ओठको नरमपन पनि कायम रहन्छ।

खानपिनमा पोषकतत्वलाई पर्याप्त मात्रामा समावेश गर्नुपर्छ। भिटामिन सी, भिटामिन ई, हरियो सागपात एवं मौसमी फलफूल खानुपर्छ ।

Advertisement

गर्मीमा लस्सी जति बढी सेवन गरियो ओठको स्वास्थ्यका लागि त्यति नै राम्रो हुन्छ।

ओठमा ड्राइनेस महसुस भए हल्का रूपले ओठमा लिप ब्रस प्रयोग गर्नुपर्छ। पछि लिपबाम प्रयोग गर्नुपर्छ।

राति सुत्दा पेट्रोलियम जेली, कोकोनट आयल वामख्खन प्रयोग गरे ओठको नरमपन कायम रहन्छ।

ओठ बढी फुटेको छ भने लिप मोइस्चराइजर तथा लिपबाम दुवै दिनमा ३–४ पटक प्रयोग गर्न सकिन्छ।

ओठ सुन्दर बनाउने घरेलु उपाय

थोरै मात्रामा मह, चिनी तथा कागतीको रस मिसाएर फ्रिजमा राख्ने। केही समयपछि उक्त मिश्रणलाई ओठमा प्रयोग गर्ने।

ओठ अत्यधिक फुटे टमाटरको रसलाई शुद्ध घिउ वा मख्खनमा मिसाएर ओठमा प्रयोग गर्न सकिन्छ।

More News last news
Loading...