खानामा नुनको मात्रा धेरै भयो भने शरीरमा नकारात्मक असर पर्न जान्छ । तर यदि समुद्री नुन तथा यतिकै नुनलाई हरेक दिन विहान एक
गिलास पानीमा मिसाएर पिउनाले कैयौ रोग लाग्नबाट बच्न सकिन्छ । त्यसैले तातोपानीमा नुन मिसाएर पिउनुका यस्ता १० फाइदा पाउन सकिन्छ।
१.पाचन प्रक्रियामा सुधार यसले मुखमा भएका सेलीवरी ग्ल्यान्डलाई सक्रिय गराई पाचनप्रक्रियामा सुधार ल्याउछ।
२. मोटोपन नियन्त्रण नुनमा घुलनशिल क्षमता बढि हुन्छ। यसकारण नुनपानीले शरिरलाई डिटोक्स गर्नुका साथै मोटोपना कम गर्दछ।
३. यस किसिमको घोलनशिलमा प्रशस्त क्याल्सियम पाइने हुदा हड्डीलाई मजबुत बनाउछ। नियमित रुपमा नुनपानी पिउनाले हड्डि मजबुत हुन्छ।
४. यसबाट प्रयाप्त मात्रामा सल्फर र क्रोमियम पाइन्छ। जसले छालालाई स्वस्थ र नरम बनाउछ।
५. नुन पानीले ठुलो आन्द्रालाई सक्रिय गर्ने हुदा कव्जियत तथा पेटसम्बन्धि सम्पुर्ण रोग लाग्नबाट बचाउछ।
६. यसले शरीरमा भएका स्ट्रेस हर्मोनको लेभल कम हुदै जान्छ। यसबाट राम्रो निद्रा लाग्छ।
७. मुख तथा घाटीमा भएका घाउ खटिरा निको हुन्छ।
८. यसमा एन्टि ब्याक्टेरियल तत्व हुन्छ। जसकोे कारण खतरनाक व्याक्टेरियाले शरिरमा आक्रमण गर्न सक्दैन।
९. नुनपानीे पिउदा पेटमा ग्यास जम्न पाउदैन। यसले ग्याष्ट्रिक रोकथाम गर्नमा सहयोग पुर्याउछ।
१०. यसबाट मांशपेशीलाई फाइदा पुग्ने तत्व पाइन्छ। जसको कारण मांशपेशी दुख्ने समस्या कम हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
