घ्यूकुमारी छालामा दल्नाले छाला तलको रक्त शुद्धीकरण हुन्छ। अनुहारमा घ्यूकुमारी दल्नाले डन्डीफोर, चिलाउने, छाला सुन्निने, छाला फुस्रो हुने आदि समस्या पनि कम हुन्छ। साथै घ्यूकुमारी लगाउनाले छालामा रहेका दाग बिस्तारै हराउँदै जान्छ।
नीम छालामा रहेका टक्सिनलाई नीमले हटाउने गर्छ। साथै डन्डीफोरलाई पनि हटाउँछ। यसका लागि नुहाउनुभन्दा आधा घण्टाअघि पानीमा नीम पत्ता हाल्नुपर्छ र त्यही पानीले नुहाउने गर्नुपर्छ।
बेसार सुन्दर बन्न छालामा बेसार दल्ने चलन धेरैतिर छ। बेसनमा बेसार र चन्दन मिसाएर छालामा दल्ने गर्नाले छाला सफा र चम्किलो बन्दै जान्छ। दूधमा एक चिम्टी बेसार मिसाएर दिनहुँ खाने गर्नाले छाला राम्रो हुँदै जान्छ।
चन्दन छालामा जम्मा भएका विषाक्त पदार्थलाई चन्दनले हटाउने गर्छ र छालालाई सफा, चम्किलो राख्छ। चन्दनलाई नरिवलको तेलमा मिसाई शरीर मसाज गर्नाले पूरै शरीरको छाला सफा हुन्छ र शरीरलाई आराम मिल्छ।
गुलाब गुलाबमा भिटामिन–सी प्रशस्त पाइन्छ। त्यही भएर गुलाबजल सुत्नुअघि अनुहारमा दल्नाले डन्डीफोर, पोतोलगायत छालाका समस्या कम हुन्छन् र छाला चम्किलो बन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
