आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ। यदि हामी दैनिक एक गिलास मनतातो पानी पिउनुहुन्छ भने त्यसले तपाईंको पेट त घटाउँछ नै, यसले विभिन्न स्वास्थ्य समस्यालाई पनि टाढा राख्छ। जयपुरको नेशनल इन्स्टिच्युट अफ आयुर्वेदका विज्ञ डा. गोबिन्द पारिकका अनुसार दैनिक खाली पेटमा एक गिलास मनतातो पानी पिउँदा शरिरको सम्पूर्ण फोहोर बाहिर निस्कन्छ। यसले विभिन्न प्रकारका रोगको खतराबाट पनि जोगाउन सहयोग गर्दछ। यहाँ हामी तपाईंलाई दैनिक बिहान खाली पेटमा मनतातो पानी पिउँदा हुने पाँच फाइदाबारे जानकारी दिँदैछौं।
१. दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको फोहोर बाहिर निस्कने गर्दछ जसका कारण मृगौला सम्बन्धि रोग लाग्नबाट जोगाउँछ।
२. दैनिक बिहान मनतातो पानी पिउँदा शरिरको अतिरिक्त बोसो पग्लने गर्दछ जसका कारण तपाईंको तौल नियन्त्रणमा रहन्छ।
३. मनतातो पानीले खानालाई राम्रोसँग पचाउन सहयोग गर्दछ। यसले पाचन प्रणालीलाई बलियो राख्छ।
४. नियमित रुपमा खाली पेटमा मनतातो पानी पिउनुहुन्छ भने पसिनामार्फत छालाको फोहोर निस्कने गर्दछ। यसले छालाको संक्रमणलाई पनि जोगाउँछ।
५. दैनिक मनतातो पानी पिउँदा घाँटीमा जम्मा भएको खकार निस्कने गर्दछ। यसले श्वास सम्बन्धि रोग र दम हुनबाट जोगाउँछ।
६. यसले कब्जियत हुनबाटसमेत जोगाउँछ।
७. मनतातो पानीले तपाईंको छालालाई स्वस्थ राखी चाउरी पर्नबाट पनि जोगाउँछ जसका कारण तपाईं उमेर ढल्किसक्दा पनि जवान देखिनु हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
