बिहे होस् या अन्य कुनै समारोहको पार्टी, सिँगारिएर जाने रहर सबै नारीलाई हुन्छ । तर, अनुहारदेखि आँखा र कपालको मेकअप एक-अर्कामा मिलेन भने भद्दा देखिन सक्छ । तर, मेकअप कसरी गर्ने त ?
अनुहारको मेकअप
– सफा पानीले पुछेर क्लिन्जिङ गर्नुहोस् ।
– क्लिन्जिङ पुछेपछि टोनर लगाएर एन्टिसनस्किन क्रिम दल्नुहोस् ।
– फाउन्डेसन लगाउनुहोस् ।
– फाउन्डेसन लगाउँदा अनुहारको उठेको भागमा डार्क कलर प्रयोग गर्नुहोस् ।
– अनुहारमा लाइट फाउन्डेसन प्रयोग गर्नुहोस् ।
– अनुहारमा तिलकोठी अथवा अरू कुनै दाग भए कन्सिलर लगाएर कम्प्याक्ट प्रयोग गर्नुहोस् ।
– अब टोनर लगाएर फाउन्डेसन वा पेन स्टिकको सहायताले अनुहार, घाँटी, पिठ्युँको भाग र कानमा बेस तयार गर्नुहोस् । सबै भागमा कम्प्याक्ट पाउडर लगाउनुहोस् ।
आँखा र ओठको मेकअप
– आइब्रो पेन्सिलले आँखीभौँ हल्का मिलाउनुहोस् ।
– आँखामा लाइट पिंक वा गोल्ड हाइलाइट गर्नुहोस् ।
– ड्रेसको रङअनुसार आँखाको स्याडो लगाउनुहोस् ।
– आँखामाथि आइलाइनर, तल गाजल र मस्कारा प्रयोग गर्नुहोस् ।
– ओठमा हल्का डार्क कलरको लिपलाइनर लगाउनुहोस् ।
-लरातो कलरको लिपस्टिक पार्टीमा उत्तम देखिन्छ । ड्रेसअनुसार मिलाउन पनि सक्नुहुन्छ ।
टीका र कपाल
पार्टीमा ठूलो खालको रातो टीका राम्रो देखिन्छ । आँखीभौँमाथि रातो, पहेँलो, सेतो रङको बिन्दीले टिकटिक गरिदिन सक्नुहुन्छ । यो आफ्नो इच्छामा पनि भर पर्छ । पार्टी या कुनै कार्यक्रममा जानुभन्दा पहिले मेकअप र त्यसपछि लुगा लगाउनुपर्छ । अनि मात्र कपालको डिजाइन गर्नुपर्छ । कपालमा जुरो बनाउँदा अनुहारको आकार हेरेर बनाउनुपर्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
