सार्है रिस उठ्छ ? यसरी गर्नुहोस् कन्ट्रोल ?

काठमाडौँ । रिस पनि अन्य कुराहरु जस्तै भावनाको कारणले पर्दा हुने कुरा हो । सामान्य अवस्थामा प्राय मानिसलाई रिस कम उठे पनि कोही कोही व्यक्तिहरुमा भने झनक्क रिसाउने बानी हुन्छ।

यस्तो बानीले थोरै समय मात्र अरुलाई फाईदा भए पनि धेरै समयमा भने आफुलाई नै बेफाइदा हुने गर्छ । नेपालीमा एउटा उखान छ रिस खाई आफु र बुद्धी खाई अर्को प्राय रिसले आफैलाई घाटा हुने गर्छ । सानो पोष्टका मानिस देखी उच्च अहोदामा रहेका व्यक्तिले समेत आफ्नो रिसलाई काबुमा राख्न नसक्दा पद मुक्त हुनु पर्ने तथा ठुलै आलोचना खेप्नु पर्ने अवस्था समेत सृजना हुन्छ । धेरै मानिसमा यस्तो समस्या हुन्छ।

Advertisement

तर प्रत्यक्ष परोक्ष रुपमा यस्ता रिसाहा बानीले हाम्रो जिवनमा नकारात्मक असर पारिरहेको हुन्छ । रिसाहा बानीले शारीरिक तथा मानसिक रुपमा नकारात्मक असर पू¥याउँछ । अनावश्यक रिसले सम्बन्ध टुट्न सक्छ, करिअरमा धक्का लाग्न सक्छ अनि सामाजिक जिवनमा पनि नराम्रो असर पुग्न सक्छ ।

त्यसैले यदि तपाइँमा पनि यस्तो बानी छ भने त्यसलाई त्याग्ने उपाय खोज्नुहोस् । रिस किन उठ्छ र त्यसले कस्तो असर पूराउँछ भन्ने विषयमा गम्भीर रुपले सोँच्नु आवश्यक हुन्छ । रिसलाई कसरी नियन्त्रण राख्ने वा तातो रिसबाट हुने क्षतिलाई कसरी रोक्ने ? निकै रिस उठेको छ, थाम्नै नसक्ने अवस्था छ भने के गर्ने ? यी टिप्स पालना गर्नुहोस् तर अवश्य पक्कै पनि तपाइँको रिसको पारो तल झर्नेछ :-

– यदि तपाइँलाई निकै रिस उठेको छ भने, १० अंक देखि १ अंकसम्म उल्टोबाट गन्न थाल्नुहोस् । विस्तारै गन्नुहोस् । यसो गर्दा तपाइँको दिमाग गणनामा केन्द्रित हुन्छ र तपाइँले त्यो विषय भुल्नुहुन्छ जसले तपाइँलाई रिस उठाएको छ।

– आफ् नो दिमाखलाई रिस उठेको कुराबाट भंग गर्न अन्य कुराहरुमा मोड्नुहोस्। जुन कुराले तपाईलाई हासो खुशी मिल्छ त्यस्ता कुरालाई दिमाखमा खेलाई राख्नुहोस्।

– जसका कारण तपाईंलाई रिस उठेको हुन्छ। चाहे घरपरिवारका मान्छे, साथीसँगी तथा अन्य व्यक्ति सँग रिस उठेको किन नहोस् तपाइँ रिस उठेका मान्छेको नजिक नबस्नुहोस् र उठेर कतै टहल्नका लागि हिँडिहाल्नुहोस्।

– लामो स्वास लिनुहोस् । लामो स्वास लिनाले रिस नियन्त्रणमा आउनुका साथै मस्तिष्कमा शान्ति मिल्ने र रिल्याक्स समेत प्राप्त हुन्छ।

– रिस के कारणले गर्दा उत्पन्न भएको हो ? त्यसको कारण खोज्नुभयो भने रिस नियन्त्रणमा तपाइँ धेरै हद सम्म सफल हुनुहुनेछ। तर रिसको पारो तातेको बेला यो सम्भव हुँदैन । जब रिसको पारो अलिकति ओर्लिन्छ तब कारण खोज्नतर्फ लाग्नुहोस्। यसका लागि तपाइँले आफ्ना साथीभाइ तथा परिवारको समेत सहयोग लिन सक्नुहुन्छ। अनि त्यो कारण निवारण तर्फ लाग्नुहोस्।

– योगा तथा व्यायमले मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ। यसले मानसिक शान्ति प्रदान गर्नुका साथै तनाव कम गर्न सघाउ पु¥याउँछ। ध्यान तथा योगाले व्यक्तिको सोँच्ने तरिका तथा परिस्थितिलाई झेल्ने क्षमताको विकाश गराउँछ र जसका कारण रिस नियन्त्रण गर्न सघाउ पुग्छ।

– अरुको गल्तीलाई माफ गर्न सिक्नुहोस्। कहिलेकाहीँ तपाइँको चित्त दुखाउने मानिसलाई माफी दिनसक्नु तपाइँको महानता हुन्छ। यसले तपाइँलाई मानसिक शान्ति प्रदान गर्छ र रिसको कारक तत्व पनि साम्य हुन्छ।

– रिस उठेको बेलामा प्राय मानिसको रगत तात्तिने हुन्छ। सो समयमा चिसो पानी खानुहोस् र आफुलाई खुशी मिल्ने काममा आफ्नो ध्यान मोड्नुहोस्।

– रिस उठेको बेला तपाइँलाई जे काम गर्नमा आनन्द आउँछ त्यहीँ काम गर्नुहोस्। गाउने, नाच्ने, गित सुन्ने, चित्र कोर्ने जस्ता काम गर्नुभयो भने तपाइँको मूड परिवर्तन गर्न सघाउ पुग्नेछ र रिसको पारो तल ओर्लनेछ।

– सकेसम्म रिस उठ्ने खालका कामतर्फ अगाडि बढ्नुहुँदैन। सानो कुरामा पनि रिसाउने बानीलाई त्याग्न जरुरी हुन्छ।

More News last news
Loading...