यात्रामा वाकवाक लाग्ने समस्या छ ? यी उपाय अपनाउनुहोस

काठमाडौं । तपाईंले घुमफिरको शोख छ तर यात्राका क्रममा वाकवाक आउँछ ? धेरै मानिस यो समस्याले ग्रस्त छन् र यसैकारणले गर्दा यात्रा गर्न डराउँछन्। तर यहाँ बताइएका केही कुरा बोकेर हिँड्ने गर्नुभयो भने यात्रामा असहज स्थिति आउनबाट रोक्न सकिन्छ।

प्याजको रस
यात्रामा निस्कनुभन्दा एक घन्टाअघि एक चम्चा प्याजको रसमा एक चम्चा अदुवाको रस मिसाएर पिउनुस्। बान्ता आउँदैन।

Advertisement

ल्वाङ
तपाईंलाई यात्राका बेलामा वाक्क आउन आँट्यो भने तुरुन्तै ल्वाङ चुस्न थाल्नुस्।

अदुवा
अदुवा नै चपाउने वा अदुवा हालेको चिया खाने गर्दा पनि वाकवाक लाग्न पाउँदैन।

पुदिनाको तेल
यात्राका बेलामा वाकवाकी लागेमा पुदिनाको तेलका केही थोपा रुमालमा छर्किनुस् र यात्रा अवधिमा सुँघ्नुस्। आराम पाउनुहुनेछ।

कागती
एउटा सानो कपमा तातो पानी लिएर त्यसमा एउटा कागतीको रस र अलिकति नून मिसाउनुस्। त्यसलाई मज्जाले घोलेर पिउनुस्। यात्रामा समस्या आउन पाउँदैन।

More News last news
Loading...