सिट्स एसिडको पाउडर राख्नाले फलफूलहरू १०/१२ घण्टासम्म बिग्रँदैन । बजारमा सिट्स एसिड पाउडरका रूपमा पाउन सकिन्छ। यसले तपाईंको फलफूलको स्वादमा पनि कुनै फरक पार्दैन। फलफूल खाने मानिसका लागि काटेको फललाई लामो समयसम्म कसरी ताजा राख्ने भन्ने चिन्ता सधैं रहन्छ। हुन सक्छ, तपाईंले धेरै फलफूल काट्नुभएको छ तर कुनै कारणवश सबै खान सक्नु भएन। यस्तो अवस्थामा काटिएको फलफूललाई त्यसको स्वाद तथा रङमा कुनै फरक नपर्ने गरी कसरी सुरक्षित राख्ने भनेर केही टिप्सहरू तल दिइएका छन्।
कागतीको रस राखेर ६ घण्टासम्म ताजा राख्नुहोस्
कागतीको रसले फलफूललाई फुस्रो हुनबाट रोक्नुका साथै त्यसको कुरकुरेपनलाई समेत कायम राख्न सहयोग पु¥याउँछ । एउटा कागतीको रसबाट तपाईंले करीब २ कटौरा फललाई ताजा बनाइराख्न सक्नुहुन्छ । तपाईंले काटेको फलमाथि कागती निचोर्नुपर्छ र त्यसको रस सबै फलमा लागेको हुनुपर्छ । फलमा कागतीको रस राखेपछि त्यसलाई फ्रिजमा राख्न नभुल्नुहोस् ।
प्लाष्टिक पेपरले छोपेर ३/४ घण्टा ताजा राख्नुहोस्
यदि तपाईंलाई पहिलो तरीका राम्रो लागेन भने यो दोस्रो तरीका अपनाउन सक्नुहुन्छ। फलफूललाई काटेर राखिएको कटौरालाई पातलो प्लाष्टिकले बेरेर राख्नुहोस् र प्लाष्टिकमा सानासाना प्वालहरू बनाइदिनुहोस् । फललाई ढाक्नुको एउटा अर्थ यो पनि हो कि फ्रिजमा राखिएका अन्य खाद्य पदार्थको बास्ना त्यसमा नआओस् र त्यसको बास्ना पनि अन्य खाद्य पदार्थमा नसरोस् ।
सिट्स एसिडको पाउडर
यसको प्रयोगले तपाईंको काटेको फलफूल १०/१२ घण्टासम्म ताजा नै रहन्छ । बजारमा सिट्स एसिड पाउडरका रूपमा पाउन सकिन्छ । यसको प्रयोगले फलफूलको स्वादमा पनि कुनै फरक पर्दैन ।
चिसो पानी
तपाईंले काटेको फलफूललाई एउटा डिब्बामा बन्द गरेर बरफ मिसिएको चिसो पानीमा राखिदिनुहोस् । यसबाट तपाईंको फल ३/४ घण्टासम्म ताजा रहन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
