आँखाको वरिपरि देखिने ‘डार्क सर्कल’ यसरी हटाउनुस्

१. आलु : आलुलाई ताछेर त्यसलाई गोलो मसिनो स्लाइसको रुपमा काट्नुस्। त्यसलाई बन्द आँखामाथि १५-२० मिनेटसम्म राख्नु। केही समय पछि सफा पानीले पखाल्नुस्। यसो गर्दा पनि डार्क सर्कल हट्छ।

२. काँक्रो : काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ। ताजा काँक्रोलाई गोलो गरी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुस्। त्यसपछि त्यसलाई आँधा वरिपरि करीब १०-१५ मिनेटसम्म राख्नुस र सफा पानीले पखाल्नुस्।

Advertisement

३. टमाटर : टमाटरमा पनि छाला चम्किलो बनाउने तत्व हुन्छ। एक चम्चा टमाटरको रस र एक चम्चा कागतीको रस मिसाई त्यसलाई आँखाको वरिपरिको कालो धब्बामा लगाउनुस । १० मिनेट पछि त्यसलाई सफा पानीले सफा गर्नुस्।

४.गुलाव जल : कटनको कपडाको डल्लो बनाई त्यसलाई गुलाव जलमा डुवाउनुहोस र १० मिटेनसम्म त्यसलाई आँखामा राख्नुहोस्।

५. पुदिना : पुदिनाको पातलाई पिसेर लेदो बनाई आँखा वरिपरि लगाउनुस्। करिब १०-१५ मिनेट पछि सफा पानीले पखाल्नुस्। यसलेआँखाको डार्क सर्कल हटाउन मद्धत गर्छ।

More News last news
Loading...