के तपाईं रुघाखोकीले ग्रस्त हुनुहुन्छ? यसरी गर्नुहोस् घरेलु उपचार

मौसमको परिवर्तन सँगसँगै रुघाखोकीको समस्याले पिरोल्नु सामान्यजस्तै भइसकेको छ। धुँवा र धुलोका कारण उपत्यकावासीमा यो समस्या बाहै महिना देखिँदै आएका छ। विशेष गरेर जाडो र मौसम परिवर्तनका समयमा यो समस्या घेरै मानिसमा देखिने गर्दछ।

हामीमा रुघाखोकी लाग्दा आत्तिइहाल्ने र तुरुन्तै एन्टिवायोटिक औषधि खाइहाल्ने प्रचलन पनि छ। तर, डाक्टरहरुले सामान्य रुघाखोकीमा एन्टिबायोटिक खाइहाल्न नहुने बताएँछन्। घेरैजसो रुघाखोकी सामान्य घरेलु उपचारमै निको पार्न सकिने उनीहरुको सुझाव छ।

Advertisement

रुघाखोकी निको पार्ने केही घरेलु उपायहरु यसप्रकार छन्ः

कागतीको रस र मह मिश्रित पदार्थः आधा कागतीको रस र केही चम्चा (सानो) जति मह मिसाएर पटक पटक सेवन गर्नाले चिसो वा रुघाखोकीको समस्या हराएर जान्छ। ताजा कागतीमा भिटामिन ‘सी’ हुने भएकोले यसले शरीरको प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्छ र समस्याको तीव्र निवारण गर्छ। महले रुघाखोकी लगाउने जीवाणु नष्ट गर्छ र मह सुख्खा घाँटीको सबैभन्दा राम्रो घरेलु औषधी हो।

नुन पानीले कुल्ला गर्नेः यो प्रचलन सबैभन्दा पुरानो प्रचलन हो। नुनपानीले कुल्ला गर्ने चलन साच्चै नै सरल र उपयोगी छ। एक कप मनतातो पानीमा एक चिम्टी नुन मिसाएर दिनको चार पटकसम्म कुल्ला गर्ने हो भने सहज महशुस हुन्छ। नुनपानीको मिश्रणले कुल्ला गरेपछि सुख्खा भइरहेको घाँटी नरम गराई दुखाइ कम गर्न मद्दत गर्छ। साथै यो विधिले खोकीलाई पनि निको पार्छ।

पर्याप्त पानीः मनतातो तरल पदार्थ पर्याप्त मात्रामा सेवन गर्नाले घाँटीको जलन कम हुन्छ र सङ्क्रमण पनि कम हुन्छ। मनतातो सुप र ताजा फलफुलको जुसले रोगसँग लड्न मद्दत गरी शरीरमा तागत प्रदान गर्छ र शरीरलाई स्वस्फूर्त बनाउँछ।

बाफः नाक थुनिएको वा रुघा लागेर नाक टालिएको जस्तो भएमा पानी उमाले र बाफ लिनाले नाक खुल्न मद्दत गर्छ। अझ प्रभावकारी बनाउन त्यसमा भिक्स, सञ्चो झण्डुबाम लागयतलाई मिसाएर बाफ लिन सकिन्छ।

दुध र बेसारः चिसोको लागि एकदम उपयोगी तरिका भनेको दुध र बेसारको मिश्रण पनि हो। बेसारमा जीवाणुनाशक क्षमता बढी हुन्छ भने दुधमा क्याल्सियमको मात्रा हुन्छ। यसको सेवनले घाँटी दुख्ने र नाकबाट पानी बगिरहने समस्याबाट छिट्टै र सजिलै छुटकारा दिन्छ।

अमलाः अमलामा अत्यधिक मात्रामा भिटामिन ‘सी’ पाइन्छ। भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमतामा वुद्धि गराउने भएकाले रुघाखोकी लागेको बेलामा अमला खाँदा रुघाखोकीमा कमी आउनुका साथै निको पार्न समेत सहयोग गर्छ।

तुलसी, अदुवा र मरिचयुक्त चियाः तुलसी, अदुवा र मरिच, यी तीन तत्वले रुघाखोकीलाई नियन्त्रण गर्न र रोगको निर्मुल गर्न अत्यन्तै प्रभावकारी भूमिका खेल्छन्।

रुघाखोकी लाग्दैमा डाक्टरलाई देखाउन कुदिहाल्नु जरुरी छैन। केही समयको आराम, सरल घरेलु उपायले नै रुघाखोकीलाई टाढा भगाउन सकिन्छ। तर यति गर्दा पनि ठिक भएन र अझ अरु समस्या पनि थपियो भने चै चेकअप गराउनु पर्ने डा. पाण्डे बताउँछन्।

More News last news
Loading...