ओठ सुक्ने समस्याले सताएको छ ? अब यी उपाय अपनाउनुहोस्

‘ओठ’ भन्ने वित्तिकै सौन्दर्यतालाई झल्काउँछ। त्यसैले मानिसहरु आफ्ना ओठमाथि विशेष ध्यान पु-याउने गर्छन् । तर पनि मानिसहरु ओठ सुक्ने समस्याले हैरान हुन्छन्। प्रायः गर्मी तथा जाडोयाममा मानिसहरुमा ओठ सुक्ने समस्या देखापर्दछ।

कतिपयको त ओठ सुकेर रगत पनि बग्ने गर्छ। त्यति मात्र होइन, ओठको समस्याले मुखै छोपेर हिड्ने बाध्यता सिर्जना हुन्छ। जसले मानिसहरु निकै आजित भएका हुन्छन्। ओठ सुक्ने समस्या विभिन्न कारणहरुले हुनसक्छ। तर यसबाट बच्न निम्न प्रकारका उपायहरु अपनाउन सकिन्छ :

Advertisement

शरीरमा पानीको कमिले ओठ सुक्ने गर्दछ। त्यसैले शरीरमा पानीको कमी हुन दिनु हुँदैन।

शरीरमा पानी सुक्ने समस्याले डिहाइड्रसन पनि निम्तिन्छ। जसकारण ओठ सुक्ने गर्दछ।

टुथपेस्टका कारण पनि ओठ सुक्ने समस्या हुनसक्छ।

शारीरिक अस्वस्थताका कारण पनि ओठ सुक्ने समस्या हुन्छ । त्यसैले यसबाट सचेत हुन जरुरी छ ।

भिटामीन ‘ए’ र ‘बी’ को कमिले पनि ओठ सुक्ने हुनाले खानामा विशेष ध्यान पु¥यानुपर्दछ ।

ओठ सुक्ने अर्को कारण भनेको ‘अल्ट्राभ्वाईलेट’ पनि हो । धेरै बेरसम्म अल्ट्रभ्वाईलेट किरणमा बस्दा ओठ सुक्ने समस्या हुनसक्छ । यसबाट बच्न लिपबाम लगाउनुपर्दछ ।

मुखबाट स्वास लिने बानीले पनि ओठ सुक्खा बनाउँछ ।

ओठ फुट्ने समस्या पनि आउने हुनाले नाकबाट स्वास लिनुलाई राम्रो मानिन्छ ।

ओठ सुकेपछि प्राय मानिसहरुले जिब्रोको सहायताले ओठलाई चिसो बनाउने गर्दछ ।

कतिपयले त दाँतले टोक्ने पनि गर्छ जसले गर्दा रगतै निस्किन्छ । त्यसैले ओठ संवेदनशिल अँग भएकाले विशेष ध्यान दिनुपर्छ ।

More News last news
Loading...