हामीले धेरै सुनेको मात्र होइन, झेलिरहेको समस्या पनि हो, एलर्जी । कोही छालाको एलर्जीले ग्रस्त छन्, कोही खानाको । कसैलाई धुलोको एलर्जी त कसैलाई बनस्पतिको । मान्छेको रगत, छाला एवं शरीरको प्रकृति अनुसार पनि एलर्जी हुने गर्छ।
एलर्जी तब हुने गर्छ, जब शरीरले कुनै कुरा प्रति तत्काल प्रतिकि्रया जनाउँछ। शरीरमा एलर्जी पैदा गर्ने पदार्थलाई एलर्जन भन्ने गरिन्छ, जुन शरीर भन्दा बाहिरका बस्तुबाट बन्छ।
एलर्जन विरुद्ध शरीरले जनाउने प्रतिकि्रयाकै आधारमा शरीरमा एलर्जी हुने भएकोले यस्ता एलर्जी सामान्यदेखि जटिल प्रकारका हुने गर्छ ।
एलर्जी यसै पनि मानिसहरुमा आम हुने गर्दछ । अझ बच्चाहरुमा यस्ता एलर्जी अझै धेरै आम हुने गर्दछ । बच्चामा हुने केही एलर्जी बढ्दो उमेर सँगै कम भएर जान्छ । तर केही बच्चामा भने यस्तो एलर्जी लामो समयसम्म रहिरहने गर्दछ । यद्यपी, कुनै कुनै एलर्जी युवा अवस्थामा पनि अचानक देखिन सक्छ । समयमै यस्ता एलर्जीबारे ध्यान नदिएको खण्डमा यसले भविष्यमा घातक रुप लिन सक्दछ ।
कस्ता-कस्ता एलर्जी ?
एलर्जीको विभिन्न प्रकारका हुन्छन् ।
कयौ मानिसलाई फूलको पराग, धुलोधुला तथा पाल्तु जनावरको रौंका कारण पनि एलर्जी हुने गर्दछ ।
विभिन्न किसिमको धातु, वनस्पति, दूध वा रसायनका कारण पनि मानिसलाई एलर्जी हुने गर्दछ । अण्डा, कर्कलो, बदाम , मेवा, सोयाविन, मशरुम, गहुँ , ग्लूटेन लगायतका खाद्यान्नका कारण पनि एलर्जी हुनसक्दछ । बारुला, कमिला लगायतका किराले टोकेमा पनि एलर्जी हुने गर्दछ ।
सरसफाईको कमी, सौन्दर्यका प्रधानको प्रयोग, औषधीको साइड इफेक्ट्स तथा छाला सुख्खा भएमा पनि एलर्जी हुने गर्दछ ।
एलर्जीको कुनै प्राकृतिक उपचार छैन । यद्यपी, चिकित्सकीय उपचार पद्धतिद्धारा यस्ता एलर्जीलाई कम गर्न भने सकिन्छ । त्यस्तै, आफूलाई एलर्जी हुन सक्ने खाद्यान्न तथा वस्तुबाट दुरी कायम गरेर पनि यस्ता एलर्जीबाट बच्न सकिन्छ ।
कसरी थाहा पाउने ?
एलर्जी भएमा छालामा ससाना विमिरा तथा दाना देखिने गर्दछ । त्यस्तै, सास लिनमा कठिनाई हुने, ढुकढुकी बढ्ने, घाँटी खसखस हुने गर्दछ । यसबाट शरीरमा एलर्जी भएमा यी लक्षणहरु देखा पर्ने गर्दछ ।
-नाक चिलाउने, नाकबाट निरन्तर पानी बग्ने तथा नाक बन्द हुने
-हाछिँउ आउने
-आँखा चिलाउने, रातो हुने, सुन्निने, पोल्ने वा आँखाबाट पानी बग्ने
-घाँटी, चिलाउने, खसखसाउने
-उल्टी हुने , पखाला लाग्ने, पेट फुल्ने
-स्वादमा कमी आउने
-टाउको दुख्ने
-पेट दुख्ने, पेट बटारिने
-मुख, अनुहार लगायत शरीरका विभिन्न फुल्ने तथा सुन्निने
कसरी बच्ने ?
एलर्जी हुदाँ यी कुरामा ध्यान दिएर पनि एलर्जी हुनबाट बच्न सकिन्छ । जुन यस प्रकार छ :
-घरबाट बाहिर निस्कदा सन्सक्रिमको प्रयोग गर्नुका साथै मुख राम्ररी छोपेर निस्कने
-पटक पटक चिसो पानीले अनुहारको सफाई राम्ररी गर्ने ।
-एलोवेरा जेल वा एलोवेराबाट बनेको सन्सक्रिमको प्रयोग गर्ने
-एलर्जी हुने व्यक्तिले शरीरको सरसफाईमा विशेष ध्यान दिने-फिल्टर गरिएकै पानीको सेवन गर्ने
के कुरामा ख्याल राख्ने ?
एलर्जीबारे चिकित्सकसित परामर्श गरेर पनि यसबाट जोगिन सकिन्छ । त्यस्तै, छाला तथा रगतको जाँच मार्फत एलर्जीको कारण पत्ता लगाएर तथा लक्षणका आधारमा औषधीको सेवन गरेर पनि एलर्जी गर्ने असरबाट जोगिन सकिन्छ ।
त्यसबाहेक,
-छालामा एलर्जी भएमा छाला नचिलाएर
-शरीरमा हावा खेल्न दिएर
-जुन कुराबाट एलर्जी भएको छ, त्यसबाट टाढा रहेर पनि एलर्जीबाट बच्न सकिन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
