सावधान ! गर्भवतीले कफी पिउनु हानिकारक

गर्भावस्थामा के खाने, के नखाने, के गर्ने, के नगर्ने सबै कुरामा ख्याल राख्नुपर्छ । किनभने यो शरीरको एक संवेदनशिल चरण हो । यही चरणमा गरिने कतिपय गल्तीले गंभिर समस्या निम्त्याउन सक्छ ।

गर्भावस्थामा मदिरापान, धुमपान त बर्जित नै छ । गर्भवतीले मदिरा सेवन गर्दा धुमपान गर्दा त्यसको सोझो असर गर्भको बच्चाले झेल्नुपर्छ । यस्ता आमाबाट जन्मिएका बच्चाले जन्मजात रोग बोकेर आउँछ । त्यही कारण गर्भावस्थामा खानपानमा निकै सजग हुनुपर्छ।

Advertisement

तर, मदिरा मात्र पनि होइन रहेछ, कफी समेत गर्भावस्थामा हानिकारक रहेछ ।

कफीको तलतल

साथीहरुसँग बसेर कफीको चुस्कीसँगै गफगाफ गरेर समय बिताउन मन नपर्ने मानिसहरु कमै हुन्छन्। अझै युवापुस्तामा त कफीको अचम्मको क्रेज छ ।

धेरै मानिसहरुलाई कफी पिउने लत नै लागेको हुन्छ । कफी विश्वभर रुचाइने लोकप्रिय पेय पदार्थ हो । नेपालमा पनि कफी कल्चर बिस्तारै बढ्दैछ ।

केही वर्षअघिसम्म काठमाडौंको ठमेल, दरबारमार्गमा फाट्टफुटट देखिने कफी आउटलेटहरु अहिले काठमाडौं लगायत अन्य प्रमुख शहरहरुका व्यस्त चोक, मल, सपिङ सेन्टरहरुमा समेत विस्तार भएको छ ।

क्याफेमा मात्रै होइन घरमै पनि कफी बनाएर पिउने चलन बढेको छ । कफी पिउनुका धेरै फाइदाहरु छन् । नियमित रुपमा कफी पिउनाले मुटुको रोग, टाइप टु डायबिटिज, पार्किन्सन, डिप्रेशन जस्ता समस्याबाट बच्न सकिन्छ ।

तर, यसका केही बेफाइदा पनि छन् । विशेषगरि गर्भवती महिलाहरुले कफि पिउने वा नपिउने भन्ने बारेमा डाक्टरहरुको समेत फरकफरक विचार पाउन सकिन्छ ।

गर्भावस्थामा किन नपिउने कफी ?

गर्भावस्थामा दैनिक दुई कप सम्म कफी पिउँदा कुनै समस्या हुँदैन भन्ने धेरै चिकित्सकहरुको धारणा थियो । तर, हालै गरिएको एक अध्ययन अनुसार गर्भवती महिलाले कफी पिएमा गर्भपतनको खतरा बढ्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार गर्भावस्थामा प्रतिदिन ३०० मिलिग्राम सम्म कफीको सेवनले स्वास्थ्यलाई कुनै हानी गर्दैन तर, स्विडेनमा हालै भएको एक अध्ययनको नतिजाले भने यस कुरालाई नकार्छ ।

स्विडेनको सहृलग्रेन्स्का विश्वविद्यालयका शोधकर्ताहरुको अनुसार गर्भावस्थाको क्रममा यदि कुनै महिलाले १०० ग्राम क्याफिनको मात्रै सेवन गरेमा पनि उनीहरुको शिशुको तौल २१ देखि २८ ग्राम सम्म घट्न सक्छ ।

सामान्य रुपमा कुनै नवजात शिशुको तौल ३.६ किलो हुनुलाई राम्रो मानिन्छ । शोधकर्ताहरुका अनुसार क्याफिनको सेवनले बच्चाहरुको तौल मात्रै होइन उनीहरुको उचाईमा पनि प्रभाव पार्छ । तर, अहिलेसम्म यस बारेमा उनीहरुले कुने तथ्य जुटाएका छैनन् ।

कफीले गर्भपतन ?

यस पहिले गरिएका केही अध्ययनमा पनि कफीको सेवनले गर्भपतनको खतरा बढ्ने बताइएको थियो । तर, यो निष्कर्श क्याफिनको धेरै मात्रामा आधारित थियो ।

यसलाई लिएर विवाद पनि धेरै भयो । अन्य शोधकर्ताहरुका अनुसार उक्त अध्ययनमा गर्भवती महिलाहरुले विहानै झेल्ने समस्यालाई नजरअन्दाज गरिएको थियो ।

गर्भावस्थामा हार्मोनको स्तर बढी हुनाले विहानै उल्टी हुने वा चक्कर आउँछ । त्यसले आम रुपमा गर्भपतनको खतरालाई कम गर्ने मानिन्छ । कफी पिउनाले यो लक्षण टाढा हुन सक्छ ।

यसैले पनि गर्भवती महिलाहरुलाई बिहान कफी वा क्याफिन सँग जोडिएका अन्य पेय पदार्थ नखानु नै राम्रो हुन्छ ।

यसै विषयमा गहिराइसम्म पुगेर अकल्याण्डका डाक्टर डिकुन लीको नेतृत्वमा शोधकर्ताहरुको एक टिमले अध्ययन गरे । यसमा पहिलोपटक गर्भवतीले बिहानै भोग्ने समस्यालाई पनि ध्यानमा राखिएको थियो ।

अध्ययनबाट डाक्टर लीको टिम प्रतिदिन २०० मिलिग्राम क्याफिन पिउनाले गर्भपातको खतरा बढ्ने नतिजामा पुग्यो। २०० मिलिग्राम क्याफिनको मतलब दुई कप कफी हुन्छ। त्यसैले गर्भवतीहरुले कफी नपिएकै राम्रो हुन्छ।

More News last news
Loading...