यी १० तरिकाले पिउनुहोस् दुध, स्वास्थ्य समस्या हट्छ

दुधमा पर्याप्त मात्रामा भिटामिन, क्याल्सियम, प्रोटिन र पोटासियम पाइन्छ । यदि आयुर्वेदले दिएको नियमहरुलाई पालना गर्ने हो भने धेरै खाले स्वास्थ्य समस्यालाई नियन्त्रण गर्न सकिन्छ।

१. सुत्नअघि एक गिलास मनतातो दुधमा ७देखि ८ वटा सुकेको अंगुर मिसाएर पिउनुहोस् । यसो गर्दा कब्जियतको समस्या हट्छ ।

Advertisement

२. आधा गिलास दुध र आधा गिला पानी मिसाएर पिउनुहोस्, पिसाब पोल्ने समस्याको अन्त्य हुन्छ ।

३. एक गिलास मनतातो दुधमा ७देखि १० अंगुर मिसाएर पिउनुहोस् । पायल्सको समस्याबाट छुट्कारा मिल्छ ।

४. नियमित एक गिलास मनतातो दुधमा आधा चम्चा बदामको तेल मिलाएर पिएमा स्मरण शक्ति बढ्छ ।

५. एक गिलास चिसो दुधमा एक चम्चा मिश्री घोलेर पिउनाले एसिडिटीको समस्या कम हुन्छ ।

६. एक गिलास चिसो दुध पिएमा छालाको समस्या टाढा भाग्छ ।

७. एक गिलास मनतातो पानीमा एक चिम्टी अदुवाको धूलो मिसाएर पिउनुहोस् । कफबाट राहत मिल्छ।

८. सुत्नअघि एक गिलास मनतातो दुधमा आधा चम्चा अश्वगन्धा मिसाएर पिउनुहोस्, राम्रो निन्द्रा लाग्छ।

९. नियमित एक गिलास मनतातो दुधमा दुवाको धुलो मिसाएर पिएमा शरीरमा शक्तिको मात्रा बढ्छ।

१०. एक गिलास मनतातो दुधमा आधा चम्चा अश्वगन्धा मिसाएर पिउनुहोस् । यसले रक्त–सञ्चारलाई सुधार्छ र तनाव पनि कम हुन्छ ।

More News last news
Loading...