काठमाडौँ । सुत्ने कोठा हाम्रो जीवनको महत्वपूर्ण स्थल हो । यहाँ हामीले दिनको २४ घण्टा मध्ये कम्तिमा ६ घण्टा भन्दा बढि नै विताउँछौं ।
तर यी सुत्ने कोठामा विभिन्न गलत काम गर्दा हामीलाई सुत्न समस्या हुन्छ । यहाँ सुत्ने समयमा गर्न नहुने ८ कामको चर्चा गरिएको छ ।१ सुत्ने बेलामा धुम्रपान गर्ने बानी छ भने आजै देखि छोड्नुस् । यसले तपाइलाई निद्रा नलाग्ने समस्या हुन सक्छ ।
२) सुत्ने समयमा रक्सी पिउने आदत छ भने पनि खराव हो । यसले तपाइँको निद्रा खराव हुन्छ र विहान पनि ह्याङओभरको समस्या हुन्छ ।
३) अनिद्राको कारण हाम्रो चिया कफीमा पाइने क्याफिन पनि हो । सुत्ने बेलामा कफी वा चिया खाने बानी छ भने आजै देखि छोड्नुस् ।
४) गुलियो खाएर सुत्ने बानी छ भने त्यो पनि राम्रो होइन । सुत्ने बेलामा चिनी हालेको खाद्य पदार्थ सके सम्म नखाएकै राम्रो ।
५) सुत्न जानु अघि मसलेदार खाना पनि नखाएको राम्रो हुन्छ । यसले तपाइँको निद्रा विथोलिदिन्छ ।
६) सुत्नु अघि तरल पदार्थको सेवन पनि नराम्रो मानिन्छ । यसले तपाइँलाई बारम्बार बाथरुम जानु पर्छ र निद्रा विथोलिन्छ ।
७) विहान ढिलो उठ्नु छ भन्दैमा राति सम्म टिभी हेरेर बस्ने बानी पनि खराव छ । यसले स्वास्थ्य र निद्रा दुवैमा प्रतिकुल असर गर्छ ।
८) राति सुत्नु अघि अफिसको काम बारे नसोंच्नुस् । यसो गर्दा तनावले निद्रा नलाग्ने समस्या हुन सक्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
