एजेन्सी । पछिल्लो समय शरीरमा पत्थरी अर्थात स्टोन हुनु धेरैको साझा समस्याका रुपमा देखिएको छ। यसको उपचार तथा रोकथामका बारेमा भारतीय डा प्रदिप दुआले केही महत्वपूर्ण जानकारी दिएका छन्।
जानौँ उनका केही जानकारी :
पत्थरीको पर्ने शरीरका विभिन्न भाग
मृगौला, पिसाब नली, पिसाब थैली। यो भागमा पत्थरी हुने निकै सम्बेदनसिल मानिन्छ।
पित्त थैलीमा पनि पत्थरी हुन सक्छ।
स्लाइवा ग्याडसमा पनि कहिले कानी पत्थरी देखिने गर्दछ। यो समस्या निकै कम व्यक्तिका देखिने समस्या हो।
र खाना पचाउने प्यानक्रियाज ग्ल्याडमा मा पनि पत्थरीको समस्या देखिने गर्दछ।
के हो पत्थरी हुने कारण ?
शरीरमा क्याल्सियम वा प्रोटिनको मात्रा ज्यादा हुनु,
बढी मात्रामा नुन वा प्रोटिन युक्त खाना खानु,
गर्मी स्थानमा काम गर्नु,
यूरीनरी ब्यडर अर्थात मुत्राशयको बनोटमा गडबढी देखिनु।
लामो समयसम्म बेडमा सुतिराख्नु, तथा बसी राख्दा पनि पत्थरीको समस्या देखिन सक्छ,
लगातार कब्जितको समस्या देखिनु,
किडनीमा इन्फेक्सन हुनु
पत्थरीको समस्याबाट छुट्कारा पाउन यी कुरामा ध्यान दिनुहोस् :
सुपारीको सेवन नगर्नुहोस्,
टमाटर चुकन्दर वा पालुङ कम सेवन गर्नुहोस्,
रातो मासु खान छोड्दिनुहोस्, वा कम खानुहोस्,
पानी धेरै पिउनुहोस्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
