बासी रोटीका छन् यतिधेरै फाइदा, थाहा पाउदा पर्नुहुनेछ अचम्मित

मोटोपन बढ्दै जाँदा खाना नखाएर रोटी नखाने प्रचलन बढ्दै गएको छ । सीमित रोटी खाँदा तौल नबढ्ने विश्वास गरिन्छ। पकाएको रोटी सोही दिन नसकिन सक्छ । त्यसलाई बासी भनेर अर्को दिन फ्याँक्ने प्रचलन पनि छ।

तर बासी रोटीका यस्ता समस्याहरु थाहा पाउँदा हामीलाई अचम्म लाग्न सक्छ । कयौं अनुसन्धानहरुबाट पुष्टि भएका छन् कि बासी रोटी ताजा रोटीभन्दा स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । बासी रोटीमा धेरै पौष्टिक तत्व पाइन्छ ।

Advertisement

बासी रोटीमा पाइने अधिकतम् प्रोटिनका कारण शरी ऊर्जावान हुन्छ । साथै यसको सेवनबाट शरीरमा रगतमा हुने ग्लूकोजको मात्रा नियन्त्रणमा रहन्छ । मधुमेहका बिरामीहरुले बिहान बिहान बासी रोटी चिसो दूधका साथ खानुपर्छ । यसबाट शरीरको ब्लड ग्लूकोजको मात्रा नियन्त्रणमा महत्वपूर्ण सहयोग मिल्छ ।

बासी रोटीको सेवनले रक्तचापमा पनि नियन्त्रण आउने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन्। चिसो दूधका साथ बासी रोटी खाँदा यसले रक्तचाप नियन्त्रण गर्दछ । उच्च रक्तचापको समस्या हुनेले यो विधिको दैनिक प्रयोग गर्न सक्छन्।

बासी रोटीको सेवनले पेटको समस्या पनि कम हुन्छ । यदि तपाईंलाई अम्लीयपन वा ग्यास्ट्रिक र पेटका अन्य समस्या छन् भने बासी रोटीको सेवन उपयुक्त हुन्छ। बासी रोटीमा हुने फाइबरले खाएको पचाउँछ भने पाचन प्रणालीमा रहेका समस्याहरुलाई पनि नियन्त्रण गर्दछ।

यदि तपाईं दैनिक शारीरिक अभ्यास गर्नुहुन्छ भने बासी रोटीको सेवन तपाईंका लागि लाभकर हुन सक्छ । यसले तपाईंको मां‌शपेशी बलियो बनाउनुका साथै शरीरमा ऊर्जा पनि मिल्छ। यसले शरीरको तापक्रम पनि नियन्त्रण गर्न सघाउँछ। तपाई‌ं दैनिक जिम जानुहुन्छ भने बिहान दूधसँग बासी रोटी खान सक्नुहुन्छ।

दूब्ला मानिसका लागि पनि बासी रोटी लाभकर हुन्छ। यसबाट तपाईं मोटाउन पनि सक्नुहुन्छ। बासी रोटीबाट शरीरलाई फाइदाजनक फाइबर र प्रोटिन मिल्छ। यसले दूब्ला र पातला मानिसलाई मोटाउन सहयोग गर्दछ। यदि तपाईं पनि दूब्लो हुनुहुन्छ र ज्यान लागोस् भन्ने चाहनुहुन्छ भने बिहान दूधसँग बासी रोटी खानुहोस्। तपाईंलाई फाइदाजनक हुन्छ।

More News last news
Loading...