रक्तअल्पता किन हुन्छ, कसरी हुन्छ, कसलाई हुन्छ ? यावत् कुरामा हामी सर्तक रहनुपर्छ । साथसाथै रक्तअल्पता भएमा के हुन्छ ? रक्तअल्पताले कस्तो जटिलता ल्याउँछ ? त्यसको निदान के हो ?
यस सम्बन्धमा हामी चनाखो रहनुपर्छ । कुनैपनि रोग लाग्दै गर्दा त्यसको संकेत देखापर्छ । जब यस्ता संकेत देखिन्छ, हामी सतर्क हुनुपर्छ । र, रोग पहिचानतर्फ लाग्नुपर्छ । यसले गर्दा हामी जटिल अवस्थामा फस्दैनौ।
के हो रक्तअल्पता ?
रक्तअल्पत्ता रक्त सम्बन्धि एक प्रकारको विकार हो । रक्तअल्पत्ता भएमा शरीरमा रातो रक्तकोषिकाको कमी हुने गर्छ । र, शरीरमा रगतको कमी भएमा शरीरमा हेमोग्लोविनको मात्रामा कमी हुने गर्छ । जसले गर्दा शरीरले सही तरीकाले काम गर्न सक्दैन ।
रातो रक्त-कोषिकाले शरीरमा अक्सिजनको प्रवाह गर्नुका साथै शरीरमा भएको कार्बन डाइअक्साइडलाई बाहिर फाल्ने गर्छ । यसको अभावमा शरीरले कार्बन डाइअक्साइड फाल्न नसकेर शरीरमा विषाक्तता हुने गर्छ। परिणामस्वरुप, शरीरमा स्वास्थ्य सम्बन्धि विभिन्न समस्या निम्तन्छ । त्यसमध्यको एक रक्तअल्पता पनि हो।
रक्तअल्पता विभिन्न कारणले हुनसक्छ । तर रक्तअल्पत्ता भएका शरीर थाक्ने तथा कमजोर हुने गर्छ।, यसबाहेक पनि कुनै अन्य लक्षण देखिएमा तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नु उपयुक्त हुन्छ।
हात तथा आँखा मुनिको भाग पहेलो हुनु
जब शरीरले पर्याप्त मात्रामा अक्सिजन पाउँदैन वा शरीरमा रातो रक्त कोषिकाको मात्रा कम हुन्छ, तब छालोको रङ्ग परिवर्तन भई छाला पहेलो हुने गर्छ। यो समस्या अनुहारमा मात्र नभएर हात, आँखा मुनिको भाग, जिब्रो लगायत शरीरको सम्पूर्ण भागमा देखिने गर्छ।
मुटुको चालमा गडबडी
शरीरमा हेमोग्लोविनको मात्रा कम भएमा मुटुलाई रगत पम्प गर्नमा कठिनाई हुने गर्छ। जसले गर्दा मुटुलाई शरीरमा अक्सिजनको प्रवाह गर्न थप बलको प्रयोग गर्नु पर्दछ । जसले मुटुको चाल सम्बन्धि गडबडी निम्त्याउन सक्छ।
थकान
शरीरका अंगले आवश्यकता अनुसार अक्सिजन प्राप्त नगरेको खण्डमा शरीरलाई नियमित कार्यका लागि थप उर्जाको आवश्यकता पर्छ। जसले गर्दा शरीरले थकान महसुस गर्छ।
एकाग्रतामा समस्या
नियमित कार्य गर्नका लागि शरीरका प्रत्येक अंगलाई अक्सिजनको आवश्यकता पर्छ । र, मस्तिष्क यसबाट अछुतो रहँदैन । किनकी शरीरमा अक्सिजनको मात्रा कम भएमा हामी सही तरीकाले सोच्न सक्षम हुँदैनौ । परिणाम स्वरुप हामीलाई एकाग्रता कायम गर्न समस्या हुने गर्छ ।
नङ्ग टुक्रने
नङ्ग टुक्रन्छ र भाच्निे समस्या छ भने यो पनि रक्तअल्पत्राको लक्षण हुनसक्छ । किनकी नङ्गलाई स्वस्थ रहन पनि अक्सिजनको आवश्यकता पर्दछ ।
ओठ फुट्नु
सुख्खा हावा, घाम तथा चिसोका कारण पनि ओठ फुट्ने तथा सुक्ने गर्छ । तर, रक्तअल्पत्ताको समस्या भएमा ओठ विशेष भाग फुट्ने गर्छ र ओठको कर्नरलाई असर पार्छ ।
पोषणरहित खानेकुराप्रति आर्कषण बढ्नु
विशेषज्ञहरुले अहिलेसम्म यसको कारण पत्ता लगाउन सकेका छैनन् । यद्यपी, रक्तअल्पत्राका विरामी चक, धुलो, माटो वा आइस प्रति आर्कषित हुने विभिन्न अध्ययनहरुले जनाएको छ ।
रक्तअल्पत्ताको समस्या कम गर्ने प्राकृतिक उपाय
रक्तअल्पत्ता पनि विभिन्न प्रकारको हुन्छ । त्यसैले, यसको उपचार पनि रोगको प्रकृति अनुसार फरक फरक हुने गर्छ ।
पेटभित्रको एसिडको स्तर बढाउने
जब पेटले पर्याप्त मात्रामा एसिडको उत्पादन गर्न सक्दैन, तब शरीरले खानालाई आवश्यकता अनुसार टुक्राउन सक्दैन । परिणामस्वरुप, शरीरले पोषण तत्व ग्रहण गरेपनि उक्त पोषकतत्व शरीरका विभिन्न अंगमा पुग्दैन ।
त्यसैले , शरीरमा एसिडको स्तर बढाउन एप्पल साइडर भेनेगर, तथा अदुवाको सेवन गर्न सकिन्छ । त्यस्तै, फरमेन्टेट फुडको सेवन गर्न सकिन्छ ।
फोलेटको मात्रा बढाउने
फोलेट भिटामिन बी ९ को एउटा प्रकार हो । यसले स्वस्थ रातो रक्त कोषिका उत्पादन गर्न तथा शरीरलाई सही तरीकाले कार्य गर्नमा महत्वपूर्ण योगदान पुर्याउँछ । त्यसैले, फोलेटयुक्त खानामा हरियो सागसब्जी, गेडागुडी, मेवा, अमिलो फलफुलको सेवन गरेर पनि रक्तअल्पताको समस्या कम गर्न सकिन्छ ।
बी १२ को मात्रा बढाउने
स्वस्थ रातो रक्तकोषिकाका लागि भिटामिन बी १२ अपरिहार्य मानिन्छ । शाकाहारी, गर्भवती महिला लगायतका व्यक्ति भिटामिन बी १२ को उच्च जोखिममा रहने गर्छन् । भिटामिन बी १२ विशेषगरी मासु, अण्डा, दुधजन्य पदार्थ, माछा तथा समुद्री जीवनमा पाइन्छ ।
आइरनको सेवन गर्ने
शरीरको नियमित कार्यको लागि आइरनको पनि उत्तिकै आवश्यकता पर्छ । रातो रक्तकोषिकाको उत्पादनका लागि पनि यो अत्यावश्यक मानिन्छ । यसको अभावमा रक्तअल्पत्ताको समस्या निम्तने गर्छ । शरीरमा आइरनको मात्रा दुई किसिमले बढाउन सकिन्छ, खाना र सप्लीमेन्टको सेवनद्धारा ।
खानामा विशेषगरी रातो मासु, चुकन्दर, कलेजो, पालुङ्गो, ब्रोकाउली, बदाम, अन्न, गेडागुडी आइरनको राम्रो स्रोत मानिन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
