कपाललाई स्वस्थ एंव तन्दुरुस्त राख्नका लागि हामी यसको सरसफाईदेखि आवश्यक उपचारसम्ममा ध्यान दिन्छौं । कपाललाई स्वस्थ तथा तन्दुरुस्त राख्न कपालमा स्याम्पू तथा कन्डिसनर गर्ने विधी आम हो ।
स्याम्पू तथा कन्डिसनर गरेपछि हामी के सोच्छौ भने, हाम्रो कपाल नरम, मुलायम तथा सिल्की हुन जरुरी छ । जबकी जुनसुकै व्युटी प्रोडक्टले तबसम्म राम्रो नतिजा दिँदैन, जबसम्म हामी त्यसलाई सही तरीकाले प्रयोग गर्न जान्दैनौं । कपालमा प्रयोग गरिने स्याम्पू तथा कन्डिसनमा पनि यही कुरा लागू हुन्छ।
विशेषगरी कपालमा कन्डिशनरको प्रयोग गर्दा सही तरीकाले प्रयोग गर्न आवश्यक छ । खासगरी, कुनै पनि कपालमा कन्डिशनरको प्रयोग गर्दा पुरा कपालमा यसको प्रयोग गर्नुको सट्टा कपालको निश्चित भागमा लगाउनु पर्छ । र, कपालको टुप्पोलाई ध्यानमा राखेर लगाउनु पर्छ । किनकी धुलो, धूँवा, प्रदुषण तथा घामको कारण यो भाग धेरै रुखो हुने भएकोले यस भागमा पोषणको आवश्यकता धेरै पर्छ ।
जबकी कपालको जरामा कहिल्यै पनि कन्डिशनरको प्रयोग गर्नु हुँदैन ।
अर्को कुरा, कपालमा सधैभरी कन्डिशनरको प्रयोग गर्न जरुरी हुँदैन । कहिले काहीँ विना कन्डिशनर पनि कपाललाई राम्ररी सफा गर्न सकिन्छ । यद्यपी कन्डिशनरले कपाललाई पोषण प्रदान गरी चम्किलो तथा नरम बनाउने गर्दछ । यसले गर्दा कन्डिशनर गरेको कपाल कोर्न सजिलो हुनुका साथै कपाल पनि कम झर्ने तथा टुक्रने गर्दछ ।
तर कुनै पनि ब्राण्डको कन्डिनर प्रयोग गर्दा यसको परिणाममा भने अवश्य ध्यान दिन जरुरी छ । किनकी पर्याप्त मात्रामा कन्डिशनरको प्रयोग गर्दैमा कपाल राम्रो हुँदैन । बरु उक्त कन्डिशनरलाई पखाल्नमा समय लाग्न सक्छ ।
हेयर स्टाइलिस्टहरुको भनाईमा कपाललाई कन्डिसनर गर्दा सबैभन्दा पहिले कपालमा स्याम्पू लगाएर सुख्खा बनाएपछि मात्र त्यसमा कन्डिसनर लगाउनु पर्छ । त्यस्तै, कपालमा कन्डिसनर गर्दा चिसो कपालमा गर्नु हुँदैन। साथै, कपालको जरामा पनि कन्डिशनर लगाउँनु हुँदैन ।
किनकी कन्डिशनरको काम जरालाई पोषण दिनु नभएर कपालको लम्बाई तथा टुप्पामा आवश्यक पोषण प्रदान गर्नु हो। त्यसैले प्रत्येक पलट कन्डिशनरको प्रयोग गर्दा सानो सिक्का बारबरको कन्डिशनरलाई हातमा लगाएर औलाको सहायताले त्यसलाई कपालको जडाभन्दा एक इन्च तलबाट लगाउन सुरु गर्नु पर्छ । र कम्तीमा तीन देखि पाँच मिनेट राखेर मात्र धुनुपर्छ । यसले कपाललाई पोषण प्रदान गर्नुका साथै कपाललाई राम्ररी मोइस्चराइज गरोस्।
तर कयौ मानिसहरुले कन्डिशनरको सही प्रयोग नजानेकै कारण स्याम्पू गर्नसाथ कपालमा कन्डिशनर लगाएर तुरुन्तै धुने गर्छन् । जसले न त कपाल चम्किलो तथा नरम नै हुन्छ, न त कपाललाई आवश्यक पोषण प्राप्त हुन्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
