काठमाडौं । नुहाउँदाखेरी गलत तरिका अपनाएमा स्वास्थ्यमा निकै समस्या हुन सक्छ। खानपिन र शयन जस्तै नुहाउने पनि सही र गलत तरिका हुन्छ।
सही तरिका नअपनाइएमा नुहाउँदा पक्षाघात हुने वा ब्रेन स्ट्रोक हुने सम्भावना रहन्छ। धेरै मानिस बाथरूममा छिर्नेबित्तिकै सीधै शावरमुनि उभिन्छन् अथवा बाल्टिन र मगले सीध पानी हाल्न थाल्छन्। यो नुहाउनका लागि गलत तरिका हो।
खासमा हाम्रो शरीरमा रक्तप्रवाह माथिबाट तलतिर हुन्छ । यस्तो हुने हुँदा सीधा टाउकोमा चिसो पानी हालेर नुहाउँदा टाउकोमा भएका रक्तनलीहरू खुम्चिन थाल्छन् वा रगतका चोक्टा जम्न थाल्छन्। त्यसैले नुहाउँदाखेरी टाउकोबाट पानी हाल्न शुरू नगर्नुस्।
टाउकोमा सीधा पानी हाल्दा टाउको ठण्डा हुन थाल्छ जसले गर्दा मुटुले टाउकोतर्फ बढी गतिमा रगत पठाउनुपर्छ । यसो हुँदा हृदयघात वा नसा फुट्ने समस्या आउँछ।
नुहाउँदाखेरी शुरूआत गोडाबाट गर्नुस्। पाइतालामाथिको भागमा पानी हालेर प्रारम्भ गर्दै जाँघ, पेट, हात, काँध हुँदै सबभन्दा अन्तिममा टाउकोमा पानी हाल्नुस्।
यति गरिसकेपछि चाहिँ शावरमुनि उभिएर वा बाल्टिनबाट टाउकोमा पानी खन्याएर नुहाउन सकिन्छ। एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
