काठमाडौं । मौसममा हुने प्ररिर्वतनले हाम्रो स्वास्थयमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । कात्र्तिक महिना सुरु भएसँगै जाडोको मौसम सुरु हुने गर्दछ । जब चिसो मौसम सुरु हुन्छ हामीले आफ्नो शरिरलाई चिसोबाट बचाउनका लागि न्यायो तथा तातो कपडा खरिद गर्ने गर्छाै।
तर हामी आफ्नो अनुहार तथा छालाको हेरचाहमा भने खासै ध्यान दिदैनौं । जाडो मौसममा छालाको हेरचाहा गर्नु पर्दछ । यस मौसममा छालाहरु सुख्खा हुने, फुट्ने समस्या बढी मात्रामा हुन्छ । त्यसैले पनि छालाको विशेष ख्याल पुर्याउनु उपयुक्त मानिन्छ।
छालालाई चम्किलो तथा मुलायम बनाइ राख्ने तपाई हामी सबैको इच्छा चाहाना हुन्छ । जाडो मौसममा हुने छालाको सुख्खापनबाट कसरी बच्ने त भन्ने बारे हामी यहाँ केहि बुँदागत रुपमा लेखिएको छ।
पानी धेरै पिउने :- यदि हाम्रो शरीरमा पानीको मात्रा कम भयो भने पनि छालामा चिसोको असर बढेर जान्छ । त्यसैले छालालाई यस्तो हानीबाट बचाउन धेरै भन्दा धेरै पानी पिउनु आवश्यक छ । यसको लागि भिटामिन सि भएको फलफुलको रसहरु पनि लिन सक्नु हुन्छ । यसले छालाको सुख्खापना रोक्न मद्धत गर्छ। यो धेरै नै फाइदाजनक छ।
सधै नुहाउने :– जाडो मौसममा प्राय मानिसहरु कमै मात्रामा नुहाउने गर्दछन् । यदि हामी आफ्नो छाला राम्रो होस भन्ने चाहानु हुन्छ भने सधै नै हाम्रो छालालाई सफा राख्नु जरुरी छ । जाडो मौसममा चिसो पानीले नुहाउन नसक्ने भएकाले मनतातो पानी हामी प्रयोग गर्न सक्छौ तर धेरै तातो पानीले पनि नुहाउनु हुदैन यसले छालालाई सुख्खा बनाउछ।
साबुनको प्रयोग नगर्ने :–साबुनले सुख्खा छालालाई झनै सुख्खा बनाउने गर्दछ । त्यसैले चिसो मौसममा साबुुनको प्रयोग थोरै मात्रामा गर्नु पर्छ । यस्तो अवस्थामा Shower Gel प्रयोग गर्नु उपयुक्त मानिन्छ किनकी यसले छालालाई मुलायम बनाउन मद्धत गर्दछ।
मोइस्चराइजर लगाउने :– चिसो मौसममा नुहाइ सकेपछि र सुत्नुअघि मोइस्चराइजर लगाउनु पर्छ । चिसो मौसममा घाम नभएपनि छालालाई धेरै नै असर पुर्याइरहेको हुन्छ । त्यसैले लोसन युक्त क्रिमको प्रयोग गर्नु पर्छ ।
दुधको प्रयोग :– छालालाई सुख्खा हुनबाट दुधको प्रयोग गरेर पनि जोगाउँन सकिन्छ । दुधमा ल्याक्टिफ्याट एसिड पाउछौ र यसैले गर्दा छालालाई धेरै फाइदा गर्छ । यदि सक्छौ भने दुधले सधै नुवाउने गर्नु पर्छ । यस्तो सम्भव नभएको अवस्थामा भने दुधमा एउटा सुतीको कपडा डुबाई शरीको विभिन्न भागमा वा आवश्यक परेको छालाहरुमा लगाई १०–१५ मिनेट सम्म राखेर मनतातो पानीले धुनुपर्छ।
कालोपन हटाउन मेवा :– चिसो मौसममा चलिरहेको हावाले गर्दा हाम्रो छाला कालो हुने गर्दछ । तर पपिताको सहयोगबाट कालोपनबाट बच्न सकिन्छ । पपितामा धेरै नै मात्रामा भिटामिन ए पाइन्छ यसमा पपैया एक्जेमा पनि पाइन्छ । मेवाले मरेका कोषिकाहरुलाई हटाउने काम गर्दछ। यसको प्रयोगले कालोपन हटाउनुका साथै हाम्रो छालालाई चिसो याममा गोरोपना पनि ल्याउने गर्दछ।
तेलको मालिस :– चिसो मौसममा छालाको लागि तेल मालिस भन्दा अन्य कुनै विकल्प छैन भन्दा फरक पर्दैन। त्यसैले सधै नुहाउनु अघि र पछि आफ्नो शरीरमा तेलले मालिस गर्नुपर्छ । तेल मालिस गरे पछि २० मिनेट घाममा बस्नु उपयुक्त मानिन्छ । यसले धेरै नै फाइदा पुर्याउछ । यसबाट छालामा मुलायमपन आउछ।
पौष्टिक आहार : – चिसो याममा हामीलाई गुलियो र तेलमा पकाएको खाने कुरा खान मन पर्छ तर स्वास्थ बन्नका लागि हामीले आफ्नो खानेकुरहरुमा ध्यान दिनुपर्छ। त्यसैले मौसम अनुसारको हरियो सागपात, फलफुल तथा टमाटर खानु पर्छ । टमाटरले रगत सफा गर्नुका साथै छालामा गुलावीपन ल्याउछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
