जीवनसाथीसँग सधैँ खटपट भइरहन्छ ? यी ७ विधि अपनाउनुस्

एजेन्सी । जुनकुनै सम्बन्धमा पनि मधुरता भइराखोस् भन्ने मानिसको चाहाना हुन्छ । सुमधुर सम्बन्धले मानिसमा सकारात्मक उर्जा दिन्छ जसले जीवनमा केही गर्ने प्रेरणा समेत मिल्छ । त्यसैले जुनसुकै सम्बन्धमा पनि खुशी र साथीसँगको सम्बन्ध टिकाउने चाहाना राखिन्छ ।

तर कतिपय सम्बन्ध विशेषतः जीवनसाथीबीचको सम्बन्धमा खटपट भइरहने उदाहरणहरु समाजमा धेरै भेटिन्छन् । पछिल्ला वर्षहरुमा सम्बन्धमा आएको दरारका कारण धेरैको सम्बन्धविच्छेद समेत भएको छ ।

Advertisement

कहिलेकाहीँ सम्बन्धलाई राम्रो बनाउने प्रयास गर्दागर्दै पनि नमिलिरहेको हुन्छ । झगडा परिरहेको हुन्छ । त्यसको पछाडि वास्तु नमिलेको हुनसक्ने बताइन्छ । वास्तुशास्त्रको अनुसार के के गर्दा सम्बन्धमा न्यायोपन बढ्छ त ?

१. झ्यालको नजिकै बिस्तारा लगाउनु हुँदैन ।

२. कहिल्यै पनि झ्याल छोएर बिस्तारा राख्नुहुँदैन । यस्तो गर्दा सम्बन्धमा तनाव पैदा हुन्छ ।

३. यदि झ्यालको नजिक ओछ्यान राख्नै पर्ने भए सिरानी र झ्यालको बीचमा पर्दा हाल्न सकिन्छ जसले नकारात्मक उर्जा सम्बन्धमा हाबी हुन दिदैँन ।

४. घरमा दिनदिनै घ्यूको दिप बाल्नुपर्छ । जसले सम्बन्धमा सकारात्मक उर्जा दिन्छ।

५. बलेको दियोलाई पूर्व वा दक्षिणतिर फर्काएर राख्नुपर्छ।

६. यदि सही दिशामा दियो बाल्नुभयो भने तपाइको सम्बन्धमा मधुरता ल्याउन मद्दत मिल्छ।

७. प्रत्येक शुक्रबार पञ्चमुखी दियो ‘बेड रुम’ मा बाल्ने गर्नुस् ।

More News last news
Loading...