यसरी घरेलु उपचार बाट दाद हटाउन सकीन्छ

काठमाडौं । छालाको सुन्दरताले मानिसलाई आकर्षक बनाउँछ र हरेक मानिस सुन्दर बन्न चाहान्छ।

विशेष गरि अनुहार, घाँटी, हात, खुट्टाको छाला बाहिर देखिने हुँदा त्यो मानिसको व्यक्तित्वसँग जोडिएको हुन्छ। त्यसैले मानिसहरु छालाको सुन्दरतालाई लिएर संवेदनशील हुन्छन्। तर, छालामा विभिन्न समस्या देखिइने गर्छन्, जसले गर्दा मानिसमा तनाव उत्पन्न हुन्छ।दादले छालालाई नराम्रो त देखाउंछ नै, चिलाउने भएका कारण पनि थप तनाव थपिदिन्छ। दादलाई निको पार्नको लागि मानिसहरु विभिन्न औषधिहरु प्रयोग गर्ने गर्छन्।

Advertisement

तर वर्षौंसम्म पनि त्यो निको भइरहेको हुँदैन र पैसा मात्र खर्च भइरहेको हुन्छ। बरु, त्यो अझ फैलिन्छ। यस्तो अवस्थामा घरेलु उपाय निकै उपयोगी हुन सक्छ। घरेलु उपाय कम खर्चिलो, सजिलो, भरपर्दो र शरीरलाई अन्य नकारात्मक असर नपार्ने किसिमको हुन्छ। आज दादको घरेलु औषधि त हाम्रो घरमा सजिलै उपलब्ध हुने स्रोतबाट तयार गण सकिन्छ।

दाद लगायत शरीरमा आउने फुस्रो दाग, चिलाउने दाद हरेकको लागि काँचो मेवा औषधि हो। दादको लागि मेवाको चोप अर्थात मेवाको दुध प्रयोग गर्नुपर्छ। यसको लागि काँचो मेवाको चोप लिएर दाद भएको ठाउँमा लगाउनुपर्छ। उक्त चोप लगाउँदा धेरै लगाउनु हुँदैन। थोरै मात्रामा लिएर त्यो दाद भएको ठाउँमा लगाएर मल्हम लगाए जसरि फिजाउनुपर्छ।

यो चोप लगाएर यत्तिकै बसिरहनु भने हुँदैन। यो चोप लगाइसकेपछि आधा घण्टा जति राख्नुपर्छ। त्यसपछि आधा घण्टा पछि पानीले पखाल्नुपर्छ। यो विधि नियमित रुपमा अपनाएर हेर्नुहोस् एक हप्ता मै दाद चैट् हुने छ।

More News last news
Loading...