के छ फेसनमा नयाँ ट्रेन्ड ?

यसपाली फेसनमा के छ ? कस्तो स्टाइल चलेको छ ? कस्तो रंग चलेको छ ? सोधीखोजी हुनु स्वभाविक हो । किनभने पुरानो पात्रो पल्टिएसँगै फेसनमा पनि नयाँपनको खोजी हुन्छ। बर्षैपिच्छे फेसनमा नयाँ-नयाँ शैली भित्रिन्छ । यसबर्ष कस्तो फेसनको ट्रेन्ड होला ?

अघिल्लो बर्षहरुमा केही नयाँ शैली देखिएको थियो। खासगरी किशोर र युवापुस्तामा फरक पहिरन शैली छायो । जस्तो कि, कालो र सेतो रंगको कम्बिनेसन । सेतो पाइन्ट वा सर्टसँग कालोको कम्बिनेसन मिलाउने। पार्टनर वा साथीसँगीसँग दुरुस्तै पहिरन सेट मिलाएर लगाउने ट्रेन्ड पनि देखियो।

Advertisement

यसबीचमा जम्स सुटले फेसन बजारमा ठूलो हिस्सा ओगट्यो। सादा तथा पि्रन्टेट जम्स सुट किशोर तथा युवापुस्तामा अत्याधिक रुचाइयो । खासगरी समर फेसनमा जम्स सुट रुचाइयो। जम्स सुटको विशेषता के भने, यो घरमा वा घरबाहिर जतापनि लगाउन मिल्ने । क्याजुअल वेयरमा जम्स सुट सर्वपि्रय रह्यो।

किशोरपुस्ताको रोजाइ

फेसनमा नयाँ-नयाँ प्रयोग गर्ने भनेको किशोरपुस्ताले नै हो । उनीहरुलाई फरक गेटअपमा सजिन सुहाउँछ पनि । त्यसैले बजारमा कस्तो ट्रेन्ड चलेको छ भन्ने कुरामा उनीहरु अपडेट रहन्छन् र आफुलाई सोही अनुसार बदल्छन् ।

किशोरपुस्ताले नै फेसन बजारको प्रतिनिधित्व गर्ने हो । वयस्कहरुले भने फेसनमा उति प्रयोग गर्दैनन् वा गर्न रुचाउँदैनन् । यस हिसाबले किशोरपुस्ताका नै फेसनका खास पारखी हुन् । यद्यपी बद्लिदो फेसनले हरेक उमेर समूहलाई प्रभाव पार्छ नै ।

मौसमी फेसन

फेसनमा मौसमको खास प्रभाव रहन्छ । मौसम बद्लिएसँगै फेसन ट्रेन्डमा पनि उतार-चढाव आउँछ । खासमा भन्ने हो भने, मौसमी परिवर्तनले नै फेसनमा फेरबदल ल्याउने हो । गर्मी, जाडो, बषर्ा जस्ता मौसममा त्यही अनुकुल पहिरनको खोजी हुने गर्छ । यसैले फेसनमा नयाँ-नयाँ ट्रेन्ड भित्र्याउने गर्छ ।

फेसनमा पुनरावृत्ति

फेसनविज्ञहरु भन्छन्, फेसनमा नयाँ प्रयोग हुने भन्दा पनि पुनरावृत्ति हुने हो । विगतमा चलेका फेसन फेरी कुनैबेला प्रयोगमा आउन सक्छ । यद्यपी त्यसरी आएका फेसनमा समयानुकुल केही मोडिफाई भने हुने गर्छ ।

कुनैबेला नेपाली फेसनमा बलिउडको प्रभाव थियो । बलिउड अभिनेता/अभिनेत्रीले लगाउने पहिरन शैलीलाई हु-बहु अनुसरण गर्ने युवा जमात अत्याधिक थिए, नेपालमै पनि ।

पुराना जमानामा चलेका त्यही फेसन अहिले पनि पुनरावृत्ति हुने डिजाइनर तेन्जिङ छेतेन भुटिया सुनाउँछ्न । उनी भन्छन्, ‘फेसनमा नयाँ आउने भन्दा पनि पुरानै फेसन मोडिफाई भएर आउने हो ।’

के छ फेसन ट्रेन्ड

यसबर्ष केही नयाँ फेसन शैली भित्रिएको छ। रंगको कुरा गर्ने हो भने, यसपाली अल्ट्रा भाइलेट चलेको छ । हरेक किसिमको पहिरनमा यही कलर चल्तीमा छ। शिफन साडीदेखि इभिनिङ गाउनमा पनि अल्ट्रा भाइलेट रंग नै चल्तीमा छ।

इनोभेटिभ स्लिभ – योगस्टार फेसनमा फ्युजन रुचाउँछन्। फ्युजनमा स्लिव्स चलेको छ। फेसनविज्ञका अनुसार अहिले टपमा स्लिव्स चलेको छ। अफ शोल्डर फेसन हराइसकेको अवस्थामा किमोनो स्लीव्स, वन साइड स्लीव्स, कप स्लीव्स रुचाइएको छ।

शरारा फेसन –यसपाली शरारा फेसन भित्रिएको छ। साथै हाई वेस्टेड पाइन्ट पनि चलेको छ। वेस्ट पाइन्टलाई थप आकर्षक बनाउनका लागि पि|mल, बो वा विशेष किसिमको एक्सेसरिजले सजाउन सकिन्छ।

पारदर्शी लुक्स – गर्मीमा यसपाली मलमल फेबि्रकलाई नेटले विस्थापित गरिदिएको छ। यो सुन्दर र परम्परागत फेबि्रक गर्मीमा अनुकुल हुन्छ। फ्लोरल एम्ब्रायडरी र फ्लोरल पि्रन्ट यसवर्ष फेसनमा रहनेछ। यसमा लङ कुर्ता, ओभरसाइज्ड कुर्ता, साडी पर्छ।

More News last news
Loading...