महेन्दी लगाउनुअघि राम्रो सेम्पुले केश पखाल्ने । साबुन सकेसम्म प्रयोग नगर्ने । सेम्पु गरिएको केश राम्रोसँग सुक्खा बनाउने । दिइएको निर्देशनअनुसार मेहन्दीलाई कचौरामा राखेर भिजाउने। पानीको मात्रा ठिक्क हुनुपर्छ, मेहन्दीको प्याकेटमै त्यसको मात्रा उल्लेख हुन्छ।
पानीले भिजेको मेहन्दीलाई ब्रसले मजासँग फिट्ने । जति फिट्न सक्यो, मेहन्दीले उति नै राम्रो प्रभाव देखाउँछ। मेहन्दीको पेस्ट तयार भैसकेपछि त्यसलाई सुकेको केशमा लगाउने।
मेहन्दी केशबाहेक छालामा नलागोस् भनेर पुरानो तर सफा टाबेल वा अन्य कपडाले घाँटीदेखि तलको भाग छोप्न सकिन्छ । बिस्तारै आफ्नो इच्छाअनुसार ब्रसले मेहन्दी लगाउने। ब्रसको प्रयोगले केशको सबैतिर मेहन्दी लगाउन सहज बनाउँछ । मेहन्दी लगाइसकेपछि १० देखि ४५ मिनेटसम्म केशमै रहन दिनुपर्छ।
आवश्यक समयावधिसम्म राखेपछि मेहन्दी पखाल्दा पहिलो पटक सादा पानीले मात्र पखाल्नुपर्छ । दोस्रो पटक मात्र सेम्पु प्रयोग गर्नु उपयुक्त हुन्छ। केशमा लामो समयसम्म मेहन्दीको रङ टिकाउन बेलाबेलामा कन्डिसनर वा हेयर ट्रिटमेन्ट गराइरहनुपर्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
