औषधी सेवन गर्दा हामी के गल्ती गर्छौ ?

कुनैपनि रोग निदानका लागि औषधी सेवन गरिन्छ। तर, औषधी कसरी सेवन गर्ने ? यसको तौर-तरिका पनि जान्नुपर्छ। कुनैपनि औषधी सेवन गर्दा त्यसको प्रभाव कस्तो रहन्छ ? यसबारे बुझ्नुपर्छ। अतः औषधीलाई सही ढंगले सेवन गर्दा मात्र त्यसले प्रभावकारी रुपमा काम गर्छ।

किनपनि यो कुरा बुझ्न आवश्यक छ भने, अहिले धेरैजसो औषधी सेवन गर्न बाध्य छन् । हरेकजसो केही न केही रोग पालेर बसेका छन् । उनीहरुमध्ये धेरैले चिकित्सकको प्रेस्किप्सन अनुसार औषधी त खरिद गरेका छन्, तर कसरी सेवन गर्ने भन्ने कुरामा ध्यान दिएका छैनन्।

Advertisement

औषधी सेवन गर्ने तौर तरिका नमिल्दा त्यसले उल्टो असर गर्न सक्छ।

चपाउने चक्की पनि हानिकारक

बिना पानी औषधी सेवन गर्दा एसोफैगसको अल्सर हुने संभावना हुन्छ। एक अध्ययन अनुसार कुनैपनि औषधीले एसोफैगसनमा अल्सर हुने संभावना अधिक हुन्छ। त्यती मात्र होइन, अध्ययनले के पनि भन्छ भने चपाएर खाने भिटामिन सिको चक्कीले समेत गलालाई हानी गर्छ।

के हुन्छ समस्या ?

कतिपय व्यक्तिलाई लाग्छ कि पानीसँग गोली सेवन गर्दा त्यो सजिलै घुल्छ । तर, यसको सत्यता फरक छ। जब औषधीसँग पानी सेवन गरिन्छ, त्यसको उदेश्य भनेको उक्त औषधी सजिलै र चाडै सही स्थानमा पुग्न सकोस् भन्ने हो। यदि पानी पिइएन भने गोली भोजन नलीमा फस्छ। यसले गर्दा छातीमा दुखाई हुन्छ।

औषधी सेवन गर्दा तपाई कुन पोजिसनमा हुनुहुनुन्छ ? त्यसबारे पनि हेक्का राख्नुपर्छ। औषधी सेवन गरिरहँदा उभिएर वा बसेर खानुपर्छ। सुतेको अवस्थामा कहिले पनि औषधी सेवन गर्नुहुन्न। चिकित्सकका अनुसार कुनैपनि औषधी खाइसकेपछि तुरुन्तै सुत्नु पनि हुँदैन । यसका लागि लगभग १५ मिनेटको समय ग्याप राख्नुपर्छ।

-औषधीलाई सधै कम्तीमा एक गिलास पानीसँग पिउनुपर्छ।

दिनभरमा कम्तीमा आठ गिलास पानी पिउनुपर्छ। यसले गर्दा एसोफैगसलाई असर पर्दैन।

कुरा सामान्य हो, चक्की औषधी सेवन गर्दा पानी पिउनैपर्छ । यद्यपी कतिपयले पानी पिउन आवश्यक ठान्दैनन्। वा पिउनुपर्छ भन्ने हेक्का हुँदैन । कतिले एक घुड्की पानी पिउँछन्। जबकी यस्तो बानीले हानी गर्छ।

बिना पानी औषधी सेवन गर्दा गलाको नली अर्थात एसोफैगसलाई नोक्सान गर्छ। यसरी सेवन गर्दा बेलाबखत आँखाबाट आँशु पनि आउँछ । यदि ठूलो साइजको ट्याबलेट पानी बिना निल्नु भयो भने यसले गलाको नलीमा जलन हुन्छ, छातीमा पनि पीडा हुन्छ । गलाको नली एकदमै नाजुक टिश्युले बनेको हुन्छ । यदि ट्याबलेट गलाको नलीमा अड्कियो भने त्यसले एकदम हानी पुर्‍याउँछ। साथै खतरनाक पनि हुनसक्छ । अचातक तिब्र दुखाईसँगै सास फेर्न समेत हम्मे पर्नसक्छ।

More News last news
Loading...