खानेकुरा तारेर बाँकी रहेको तेल पुन: प्रयोग गर्नु कति खतरनाक ?

चाडपर्वमा हाम्रो भान्सामा थरीथरीका परिकार बन्छ । यसरी कतिपय परिकार बनाउँदा तेल बाँकी रहन्छ। यसरी एक पटक प्रयोग गरिसकेको तेल फ्याक्न हामीलाई लोभ लाग्छ। पुन त्यही तेलमा अर्को परिकार पकाउँछौं ।

चाहे पुरी पकाएर बाँकी रहेको तेल होस् वा आलु तारेर, दोस्रो वा तेस्रो पटकसम्म तेल प्रयोग गर्छौं। हामीलाई लाग्छ, आखिर किन खेरा फ्याक्नु ? त्यसै त महंगी छ। बजारमा खाद्यन्न छोइनसक्नु छ। त्यसमाथि चाडपर्वको बेला महंगीले आकास छुन्छ।

Advertisement

तर, स्वास्थ्य भन्दा ठूलो कुरा अरु के हुनसक्छ ? खर्च जोगाउने वा मितव्यायिता अपनाउने चक्करमा यस्तो खानेकुरा पनि प्रयोग नगरौं, जसले अरु दोब्बर खर्च बढाइदिन्छ। त्यतीमात्र होइन, स्वास्थ्यमा गंभिर असर समेत पार्न सक्छ। भनिन्छ, एक पटक कुनैपनि खानेकुरा पकाएर बाँकी रहेको तेल पुन प्रयोग गर्नु एकदमै खतरनाक हुन्छ।

क्यान्सरको कारण

जब कुनै परिकार तेलमा पकाइन्छ । तेल बाँकी रहन्छ । उक्त तेलमा फेरी पटक पटक अरु खानेकुरा पकाइन्छ भने, त्यसमा फ्रि रेडिकल्स पैदा हुन्छ। यसले जलन हुने, सुन्निने समस्या निम्त्याउँछ। फ्रि रेडिकल्सले कतिपय अवस्थामा क्यान्सरलाई जन्म दिनसक्छ।

साथै तेल पटक पटक प्रयोग गर्दा अथरोस्कालरोसिस हुनसक्छ, जसले शरीरमा खराब कोलेस्टोर बढाइदिन्छ। धमनीमा अवरोध पुर्‍याउँछ।

कुनैपनि तेल पटक पटक प्रयोग गरिरहँदा एसिडिटी, मुटुको रोग, पार्किसन्स, घाँटी सुन्निने जस्ता अनेकन समस्या पनि हुनसक्छ।

कति पटक गर्ने त तेलको प्रयोग ?

कुनैपनि खानेकुरा डिप फ्राई गरिसकेको तेल पुन प्रयोग गर्नै हुँदैन । सामन्य फ्राई गरेको तेल पुन एक पटकसम्म प्रयोग गर्न सकिन्छ । तर, यो कुन तेल हो, कस्तो गुणस्तरको हो, के पकाइएको हो, त्यसमा बढी निर्भर गर्छ।

यस किसिमको तेल प्रयोग गरौं

बजारमा थरीथरीका तेल पाइन्छ । यी तेलको स्वाद र मूल्य मात्र फरक हुने होइन, गुणस्तर पनि फरक हुन्छ । कति तेलमा स्मोकिङ प्वाइन्ट धेरै हुन्छ । अर्थात कति तेलमा खानेकुरा डिप फ्राई गर्दा धुँवा बढी निकाल्छ, कतिले कम । कति तेल यस्तो पनि हुन्छ, जसलाई जति तताउँदा पनि धुँवा निस्कदैन । जस्तो सनफ्लावर, सोयाबिन, बदामको तेल आदि । यस्ता तेल, जसको स्मोकिङ प्वाइन्ट धेरै हुँदैन, त्यस्तो तेल फ्राई गर्नका लागि प्रयोग गर्नु हुँदैन।

बाँकी रहेको तेलको दुष्प्रभावबाट कसरी बच्ने ?

कुनैपनि खानेकुरा पकाइसकेपछि बाँकी रहेको तेल सेलाउन दिनुपर्छ । त्यसपछि हावा नछिर्ने भाँडो एवं बट्टामा छानेर राख्नुपर्छ। यसरी राख्दा तेलमा रहेको फूड पार्टिकल्स निस्कन्छ। जब दोस्रो पटक तेल प्रयोग गरिन्छ, त्यसको कलर र थिकनेस कस्तो छ ? यदी तेल डार्क कलर वा पहिलेभन्दा बढी गाढा छ भने त्यसलाई प्रयोग गर्दै नगरौं । साथै तेल तताउँदा पहिलेको भन्दा पनि बढी धूँवा आयो भने त्यसलाई पनि प्रयोग नगरेकै राम्रो।

More News last news
Loading...