पाचन प्रणालीमा गडबडी आयो ? अपनाउनुहोस् यी १० टिप्स

पाचन प्रणालीले तपाईले खानुभएको खानाबाट तपाईको शरिरलाई आवश्यक पर्ने पोषण तत्वलाई छुट्याउँछ। तपाईले आफ्नो पाचन स्वास्थ्यलाई बेवास्ता गर्नुभयो भने तपाईको शरीरले उचित पोषण प्राप्त नगर्न सक्छ। प्रशस्त पानी पिउने, फाइबरयुक्त खाना खाने तथा नियमित व्यायाम गरेमा आफ्नो पाचन प्रणालीमा सुधार गर्न सकिन्छ।

१. धेरै फाइबर हुने खाना खानुहोस्

Advertisement

मार्वलहेड म्यासाचुसेट्सका पोषण कन्सल्ट्यान्ट मारिया एडम्सका अनुसार प्रसस्त फाइबर भएको अन्न, सागसब्जी, फलफूलले तपाईंको पाचन स्वास्थ्यमा सुधार गर्न सक्छ । यसले स्वस्थ तौल कायम गर्नका लागि पनि सहयोग गर्छ ।

२. घुलनशील र अघुलनशील दुवै खाले फाइबर लिनुहोस्

घुलनशील र अघुलनशील दुवै खालको फाइबर शरीरका लागि आवश्यक छ । यी दुवै खालका फाइबरले छुट्टाछट्टै तरिकाले काम गर्छ । अघुलनशील फाइबर गहुँ, सागसब्जी तथा अन्नहरूबाट प्राप्त गर्न सकिन्छ भने घुलनशील फाइबर ओट्स ब्रान, बदाम, गेडागुडी र फलफूलबाट प्राप्त हुन्छ ।

३. धेरै चिल्लो हुने खानेकुराहरू थोरै खानुहोस्

सामान्यतया चिल्लो खानाले पाचनप्रणालीलाई ढिलो बनाउँछ र कब्जियत गराउँछ । तर, खानाबाट केही चिल्लो पनि चाहिन्छ, त्यसैले फाइबरको साथमा चिल्लोयुक्त खाना मिसाएर खाँदा त्यसले तपाईको पाचनप्रणालीलाई सजिलो बनाउँछ।

४. बोसो नभएको मासु मात्रै छान्नुहोस्

स्वस्थ खानाको एक महत्वपूर्ण हिस्सा प्रोटिन हो । तर, मासुमा हुने चिल्लोले पाचन प्रक्रियालाई असजिलो बनाउन सक्छ । मासु खाँदा छाला नभएको कुखुराको मासु वा बोसो नभएको मासु खान सकिन्छ।

५. आफ्नो खानामा प्रोबायोटिक्स सम्मिलित गराउनुहोस्

प्रोबायोटिक्स त्यस्तो खालको स्वस्थ ब्याक्टेरिया हो जुन तपाईको पाचनप्रणालीमा प्राकृतिक रूपमा विद्यमान हुन्छ । यसले एन्टिबायोटिक्स, तनाव र अस्वस्थ खानासँग लडेर शरिर स्वस्थ राख्छ । यसको साथै प्रोबायोटिक्सले पोषण प्राप्त गर्नसक्ने क्षमतालाई बढाउनुका साथै रोग प्रतिरोधी क्षमता बढाउँछ र आइबिएसको उपचार गर्न सहयोग गर्छ । यसका लागि कम चिल्लो भएको दही उपयुक्त हुन्छ ।

६. खाना खाने नियमित तालिका बनाउनुहोस्

खाना नास्ताहरू नियमित तालिका अनुसार खानुहोस् । त्यसले तपाईको पाचन प्रणालीलाई एउटा आकार दिन्छ । सधैं एकै समयमा ब्रेकफास्ट, लञ्च, डिनर र स्न्याक्स लिने बानी बसाल्नुभयो भने पाचनप्रणालीमा समस्या आउँदैन ।

७. पानी पर्याप्त पिउनुहोस्

पर्याप्त पानी पिउनु पाचन प्रक्रियाका लागि धेरै नै राम्रो कुरा हो । एडम्सका अनुसार फाइबरले धेरै नरम दिसा उत्पादन गर्नका लागि पानी धेरै खिच्छ र सजिलै पास हुने बनाउँछ।

८. नराम्रा बानीहरू त्याग्नुहोस्

मदिरा, कफी पिउने र धूमपान गर्ने बानी छ भने यसले तपाईको पाचन प्रणालीको कार्यसम्पादनलाई असर पुर्‍याउन सक्छ । यसले पेटको अल्सर र मुटु पोल्ने समस्या पनि हुन्छ त्यसैले यस्ता बानीहरू त्याग्नुहोस्।

९. नियमित व्यायाम गर्नुहोस्

नियमित गरिने व्यायामले खानालाई पाचनप्रणाली मार्फत चलायमान बनाउँछ र तपाईलाई कब्जीयतको समस्या हुन दिँदैन । व्यायामले स्वस्थ तौल कायम गर्न सहयोग गर्छ । तसर्थ नियमित व्यायाम गर्नु आवश्यक छ।

१०. तनाव व्यवस्थापन गर्नुहोस्

धेरै तनाव वा चिन्ताले पाचन प्रणालीमा समस्या ल्याउन सक्छ। तपाईलाई आनन्द दिने खालको तनाव कम गर्ने उपायहरू पत्ता लगाउनुहोस् र यसलाई नियमित रूपमा पालना गर्नुहोस्।

More News last news
Loading...