स्याङ्जा । स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका स्थानीयले कर्मचारी तथा जनप्रतिनिधिलाई समयमा भेट्नै मुस्किल हुन्छ ।
पुतलीबजार नगरपालिकासंगै नगरपालिकाको एउटा वडा कार्यालय र स्वास्थ्य चौकीमा समेत कर्मचारीलाई भेटिदैनन् । धेरै कर्मचारीहरु र जनप्रतिनिधिहरु समयमा अफिसमा भेटिएनन् र किन ढिला आएको भनेर प्रश्न गर्दा कसैले भैसी बिहाएको त कसैले सासुआमा बिरामी भनेर जिम्मेवारीबाट भाग्न खोजे ।
कर्मचारी र जनप्रतिनिधिले ढिलो हुनुका कारण बताइरहँदा सेवाग्राही भने कर तिर्न लाइनमा बस्न बाध्य थिए। एक जना कर्मचारीले आफ्नो भैसी ब्याएको कारण अफिस आउन ढिलो भएको बताएका छन् ।
कर्मचारीहरु मात्र जनताले भोट दिएर जिताएका पठाएका जनप्रतिनिधिहरुको पनि त्यस्तै आलटाल गर्ने कुरा गरेका छन् । बाँकी गण्डकी टेलिभिजनको यस छड्के भिडियोमा हेर्नुहोस् :
https://www.youtube.com/watch?v=JVnHOrHq03Y
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
