नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् सांसद डा. बाबुराम भट्टराईले सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रम समग्रमा सकारात्मक भएको टिप्पणी गर्नु भएको छ । तर निती तथा कार्यक्रममा के गर्ने भन्ने कुरा ठिक आएको भएपनि कसरी गर्ने भन्ने कुरामा सरकार स्पष्ट नभएको उहाँको टिप्पणी छ ।
नेपाली वहसमा वोल्दै भट्टराईले निती तथा कार्यक्रमको लक्ष्य निर्धारण ठुलो भएको तर त्यसलाई प्राप्त गर्ने वाटो स्पष्ट नभएकाले पर्खेर हेर्नुपर्ने वताउनुभयो ।
भट्टराईले निती कार्यक्रम वजेटमा कसरी मुखरीत हुन्छ भन्ने कुरा मुख्य भएको भन्दै शंकाको ठाँउ रहेको प्रतिृकृया पनि दिनुभएको छ । जनशक्ति र पुर्वाधार विना आर्थिक क्रान्ती हुन नसक्ने भन्दै भट्टराईले व्यवहारमा कार्यान्वयनका लागि योजना वनाउदा खर्वौको लगानी चाहिने र स्रोतको कुरा स्पष्ट हुनुपर्नेमा जोड दिनुभएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
