फेसबुक प्रयोगकर्ताको समुह ‘नेपाली बाजे’ले गर्यो लेलेमा स्वास्थ्य शिविर

ललितपुर । समाजिक संजाल फेसवुक प्रयोगकर्ताको समुह नेपाली बाजेले शनिवार लेलेमा स्वास्थ्य शिविरको आयोजना गरेको छ।

सो शिविरमा ३ सय स्थानीयवासीले निशुल्करुपमा स्वास्थ्य परिक्षण गराए।

Advertisement

समाजिक संजाललाई समाजिक सेवामा प्रयोग गर्ने उद्देश्यले स्वास्थ शिविर आयोजना गरेको नेपाली बाजे फेसवुक समुहका संस्थापक दिवस सापकोटाले बताए।

फेसबुक प्रयोकर्ताले गरेको यो कामलाई लेलेवासीले प्रसंशनिय रहेको बताएका छन्।

शिविरमा निशुल्क दन्त सेवा,प्रमुख रहेकाले धेरै मानिसहरुको सहभागी रहन गएको अनुमान समुहको कार्यक्रम संयोजक शिवराज न्यौपानेले जानकारी दिए।

नेपाली बाजे फेसवुक ग्रुपले गरेको स्वास्थ्य शिविरले लेलेवासी लाभान्वित त भए ,तर सधै सहज स्वास्थ्य सेवाको पहुचको लागी यस क्षेत्रमा सुबिधाजनक एक अस्पताल आवश्यक रहेको देखिन्छ। शिविर पिपल डेन्टल हस्पिटल,डेन्टल क्लिनिक पुल्चोक को सहकार्यमा भएको थियो।

नेपाली बाजे फेस्बुक समुहले यश अघि पनि ललितपुरको सुनाकोठिमा रहेको वृद्द आश्रममा,नवलपरासी गैंडाकोटको अपाङ्ग जीवन संस्थामा खाद्यान्न तथा लत्ताकपडा वितरण,पाल्पा निवासी पुर्नकला राना मगरको मृगौला प्रत्यारोपणको लागि रु ५५, ५०० सहयोग,चितवनको अनाथ बालबालिकाहरुलाई आर्थिक तथा सामाजिक सहयोग साथै पोखरामा रक्तदान कार्यक्रम लगाएत दर्जन भन्दा बढी सामाजिक सचेतना कार्यक्रमहरु गरिसकेको नेपाली बाजे काठमाडौ टिमका एड्मिन नवीन भट्टराईले जानकारी दिए।

सामाजिक सन्जाल लाई सहि सदुपयोग गर्न सकेमा,समाज देखि रास्ट्रकै उन्नतिको लागि योगदान दिन सकिने कुरा यश फेसबुक समुहले गतिलो उदाहरण दिएको छ।

More News last news
Loading...