विवेकशील साझाका प्रदेश संयोजकसहित ८ जना पक्राउ

रुपन्देही । विवकशील साझा पार्टीका पाँच नम्बर प्रदेशका संयोजक अनुपमान सैँजुसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीले नाकाबन्दीमा गरेको गल्तीमा माफी माग्नुपर्ने भन्दै बुटवलमा ब्यानर बोेकेर प्रदर्शनमा उत्रिएका विवेकशीलका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले जनाउनुभएको छ।

Advertisement

उनीहरुले ‘मोदीलाई नेपालमा स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौँ’ लेखिएको ब्यानर लिएर प्रदर्शन गरिरहेका थिए । पक्राउ परेका अन्यमा हरिकृष्ण अधिकारी, सुवास लामिछाने, निलम अधिकारी, अनिल काफ्ले, मीन तिवारी, अर्जुन गिरी, विष्णु मिश्र रहेका छन्।

यसअघि शुक्रबार विवेकशील साझा पार्टीले ललितपुरमा रहेको केन्द्रीय कार्यालयमा ब्यानर टाँगेपछि प्रहरीले हटाएको थियो । दुईपटकसम्म आफूले राखेको ब्यानर हटाएपछि विवेकशीलले बेलुनमा ब्यानर झुण्ड्याएर उडाएको थियो।

More News last news
Loading...