निकारागुवा । निकारागुवामा एक पत्रकारको हत्या भएको छ । सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा फेसबुक लाईभ गरिरहेका पत्रकारको गोली हानी हत्या गरिएको हो ।
स्थानीय संचारमाध्यमका अनुसार स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो । दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स सहरमा हत्या हुनुअघि उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेका थिए ।
सामाजिक संजालमा उनले हत्या हुनुअघि तयार पारेको भिडियो भाइरल भएको छ । भिडियोमा उनी सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले मेयर कार्यालयमा पुर्याएका क्षतिबारे बताइरहेका देखिन्छन्।
अचानक गोली लागेर उनी ढल्छन् । गोली कसले चलाएको हो भन्ने प्रष्ट हुन सकेको छैन । गत बुधबारदेखि निकारागुवामा सामाजिक सुरक्षा र पेन्सनमा सुधारका लागि सरकारलाई दबाब दिन प्रदर्शन हुँदै आएको छ। – एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
