सरकारले एकै दिन ३० जना सचिवको सरुवा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गरेका गरेको हो ।
प्रधानमन्त्री कार्यालयमा रहेका सचिव प्रेमकुमार राईलाई गृहसचिव बनाइएको छ । गृह मन्त्रालयमा रहेका सचिव मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ ।
‘हिजोको क्याबिनेट बैठकबाट सचिव सरुवा गरिएको हो’ सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने। शंकरप्रसाद अधिकारीलाई अर्थबाट उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
केपी ओलीको नेतृत्वमा नयाँ सरकारले भारत भ्रमणमा जानुअघि ठूलो संख्यामा सचिव सरुवा गरेको हो।
सञ्चार मन्त्रालयमा केदारबहादुर अधिकारीको ठाउँमा महेन्द्रमान गुरुङ ल्याइएका छन्। गृहसचिवमा प्रेमकुमार राईलाई ल्याइएको छ।
सरकारले अर्थ, ऊर्जा, जलस्रोत तथा सिंचाइ, शिक्षा, विज्ञान तथा प्रविधि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दुई/दुई जना सचिव राख्ने निर्णय गरेको छ। कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयमा भने तीन जना सचिवको दरबन्दी कायम गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
