बाख्रा बचाउनका बाघसँग लड्ने युवती, त्याे रात जे भयाे

२१ वर्षीय रुपाली मेश्राम एक पातली गाउँले युवती हुन् । कलेजबाट उनले भर्खरै व्यवस्थापनमा स्नातक उत्तीर्ण गरिन्।

साधारण परिवारकी यी युवतीको टाउको, दुवै हात–खुट्टा र कम्मरमा घाउ देखिन्छ।

Advertisement

टाउको र कम्मरको घाउ गहिरो भएकाले टाँका लगाइएको छ ।

नागपुरको सरकारी मेडिकल कलेज एण्ड हस्पीटलको उनको डिस्चार्ज कार्डमा स्पष्टसँग लेखिएको छ –जङ्गली जनावर बाघको आक्रमण ।

उनी र उनकी आमाले बाघसँग लडेर आफ्नो ज्यान बचाएको कथा निक्कै विस्मयकारी रहेको छ ।

लौरोको सहराले लडेकी थिइन् बाघसँग
पूर्वी विदर्भको भण्डरा जिल्लाको नागझिरा इलाकामा वन्य जन्तु आरक्षसँग जोडिएको गाउमा रुपालीको सानो घर छ ।

उनकी आमा जीजाबाई र दाई वन विभागमा रोजगार छन् ।

यसको साथ साथै परिवारले अतिरिक्त आमदानीको लागि बाख्रा पनि पालेको छ ।

यस्तैमा मार्च २४ को रात जब बाख्रा कराएको आवाज आयो तब निदाइरहेकी रुपाली ब्युझिइन् र हतारिएर ढोका खोल्न पुगिन् ।

आँगनमा बाधिएको बाख्रा रगतमा लत्पत्तिको थियो । हल्का प्रकाशमा उनले बाख्राको छेउमा बाघ देखिन् ।

बाख्राबाट धपाउनका लागि रुपालीले लौरो उठाएर बाघलाई हानिन् । उनका अनुसार लौरोले लाग्ना साथ बाघले उनलाई आक्रमण ग¥यो ।

“त्यसको पञ्जाले लागेर मेरो टाउकोबाट रगत बहन थाल्यो तर पनि मैले त्यसमाथि लठ्ठी हानिरहें । त्यहीबीच कराएरै मैले आमालाई बाघ आएको बताएँ ।”

रुपालीको आमा जीजाबाई भन्छिन् “रुपाली कराएको सुनेर जब म बाहिर आए उसको कपडा रगतले लत्पत्तिएको थियो । मलाई उ मर्छे भन्ने सोच आयो । उसको अगाडी बाघ थियो । मैले पनि लौरो उठाएर बाघलाई हाने । त्यसले मेरो दाहिने आखाँ नजिक पञ्जाले हान्यो । तर मैले जसो तसो रुपालीलाई घर भित्र ल्याउन सफल भएँ । हामीले ढोका बन्द ग¥र्यौ । सानो बस्ती भएकाले घरहरु टाढा टाढा छन् । यसले होला हामी कराएको कसैले सुनेनन् ।”

भित्र कोठामा आएर रुपालीले त्यस्तो आपतको समय पनि एक अनौठो काम गरिन् । उनले मोबाइलमा आफ्नो र आमाको केही सेल्फी लिइन् ।
मर्छु जस्तो लागेको थियो

“बाघ त्यो समय पनि बाहिर थियो । हामी बच्ने कुनै ग्यारेन्टी थिएन । मेरो टाउको र कम्मरबाट रगत बगिरहेको थियो । कपडाभरि रगत थियो । यस्तोमा हामी माथि जे भएको थियो त्यसलाई म रेकर्ड गर्न चाहन्थेँ । आमाले मानिसहरुलाई फोन गर्ने सुझाव दिइन् । मैले केही मानिसहरुलाई फोन गरे पनि । यसमा एक वनकर्मी पनि थिए जो आधाघण्टा पछि आएका थिए । हामी सबै भेला भए पछि बाहिर निस्कियौं । त्यो बेलासम्म बाघ भागिसकेको थियो ।” त्यो समयको कुरा सम्झदै रुपालीले भनिन् ।

रुपालीले भनिन् “मेरो सास असामान्य गतिले चल्न थालेको थियो । मर्छु जस्तो लागेको थियो । गाउँका मानिसहरुको सल्लाहमा एम्बुलेन्स बोलाएर हामीलाई नजिकको अस्पताल लगियो । त्यहाँ मेरो घाउमा टाँका लगाइयो । फेरी हामीलाई जिल्ला अस्पताल पठाइयो । दुई दिनपछि हामीलाई नागपुरको सरकारी अस्पताल रेफर गरियो । यहाँ एक्स–रे र भिडियो एक्स–रेजस्ता तमाम जाँच गरियो ।”
मंगलबार उनलाई डिस्चार्ज गरियो । उनलाई यो महिना दुई पटक अस्पताल जँचाउन आउन भनिएको छ ।

अस्पतालको सर्जरी विभागका प्रमुख डा.राज गजभियले दुवै जनाको घाउ बसेको बताए र रुपालीको साहसको प्रशसा गर्न छुटाएनन् ।

“सौभाग्यले बाघको दा¥हाले भने टोक्न पाएनछ । हामीले उनीहरुलाई जङ्गली जिबले टोक्दा हुने रेबिज र त्यस्तो खालको अरु समस्याबाट सुरक्षित राख्नका लागि उनीहरुलाई आवश्यक औषधी दिएका छौं ।” गजभियले भने ।

रुपालीले आफ्नो क्षेत्रको पूर्व सांसद शिशुपाल पटलेले उनलाई फोन गरेर मद्दत गर्ने बताएको उल्लेख गरिन् ।

बीबीसीले पटलेसँग सम्पर्क गर्दा उनले यी साहसी युवतीलाई वन विभागको स्थायी नोकरीको लागि राज्यको वन मन्त्रीसँग कुरा गरेको बताए ।

घर फर्कदा डर लागेको छ?

बीबीसीले लेखेको छ–हामीले रुपालीलाई एक लठ्ठी लिएर बाघसँग सामाना गर्दा दिमागमा के चलिरहेको थियो भनेर सोध्यौ ।
प्रश्न सुनेर रुपालीको आखाँमा पुन कठोर भाव जाग्यो । उनले भन्न थालिन “केही समयसम्म म बाच्दिन भन्ने सोच आयो । तर मैले आफैलाई हार्न हुन्न भनेर सचेत गराएँ ।”

के घर फर्कदै गर्दा डर र शंकाको भावना आएको छ ?

जवाफमा रुपालीले भनिन् “चिन्ता हुनसक्छ तर डर भने छैन । म जीवनमा कहिल्यै कुनै बाघसँग डराउँदिन ।”

कर्मस बढेकी उनी अब के बन्न चाहन्छिन ?

यसलाई उनले भनिन् “ मेरो बैङ्कमा नोकरी गर्ने सपना छ । तर यसको लागि कोचिङ्ग पढ्नुपर्छ तर मसँग त्यसका लागि पैसा छैन । त्यसैले ठिकठाकैको जे पाइन्छ त्यही गर्नुपर्छ ।”
फेरी एक पटक ज्यानको पातली तर साहसले दरि रुपालीले सानो स्वरमा भनिन् “तर कुनै जङ्गली बाघसँग डराउने सबाल नै छैन ।”

More News last news
Loading...