भनिन्छ कि व्यक्तिको स्वभाव निर्धारण गर्नका लागि धेरै विषय कारक हुन्छन् । तर समुद्रशास्त्रका अनुसार बाहिरी कारकका अतिरिक्त केही प्राकृतिक कारक पनि हुन्छन्, जसले व्यक्तिको स्वभाव निर्धारण गर्छ।
यस्ता प्राकृतिक गुणहरुलाई परिवर्तन गर्न सकिँदैन। एवम् प्रकारले ज्योतिषशास्त्रले ति प्राकृतिकम गुणलाई जन्म राशिको प्रभाव बताएको छ। ज्योतिषशास्त्रमा मुख्यतः चारवटा राशीलाई सबैभन्दा शक्तिशाली र प्रभावशाली राशि बताएको छ। ति चार राशि भएका व्यक्ति सबैमाथि हावी हुन्छन्।
यस्ता छन् ति चार राशिः
मेष राशि
यो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा छ, मेष राशि । यो राशि सबैभन्दा ऊर्जावान राशि मानिन्छ । यो राशि भएका व्यक्ति सबैभन्दा शक्तिशाली र प्रभावशाली मानिन्छन् । यो राशि भएका व्यक्ति सधैं सक्रिय रहन्छन् । आफूले सुरु गरेको काममा सुरुमा असफलता हात लागेपनि यीनिहरुले फेरि नयाँ तरिकाले त्यही कामलाई सुरु गर्ने हिम्मत राख्छन्।
वृश्चिक राशि
वृश्चिक राशि भएका व्यक्ति समर्पित र इमान्दार हुन्छन् । साथै यस्ता राशि भएका व्यक्तिभित्र विद्रोही स्वभाव पनि प्रमुखताका साथ हुन्छ । जो व्यक्ति लायक हुन्छ, त्यस्तासँग यो राशि भएका व्यक्ति इमान्दारीसँग प्रस्तुत हुन्छन् । तर जो व्यक्ति आफैंमा धोकेबाज हुन्छन्, उनीहरुले वृश्चिक राखि भएका व्यक्तिसँग सधैं सावधान भएर रहनु नै राम्रो हुन्छ । यो राशि भएका व्यक्ति धेरै भावुक पनि हुन्छ।
कुम्भ राशि
कुम्भ राशि भएका व्यक्तिको सबैभन्दा ठूलो विशेषता यो हो कि, यीनिहरु कहिल्यै पनि भावनामा बहकिएर निर्णय गर्दैनन् । यदि आवश्यक पर्यो भने यीनिहरु आफ्नो भावन र आफ्नो समवेदनालाई किनारा लगाएर अगाडि बढ्न सक्छन्। अर्थात् कुम्भ राशि भएका व्यक्ति जस्तोसुकै कठोर निर्णय लिन पनि हिच्किचाउँदैनन् । यो राशि भएका व्यक्ति धेरै जिज्ञासु र बुद्धिमान पनि मानिन्छन्।
मकर राशि
यो राशि भएका व्यक्ति उत्कृष्ट मानिन्छ । किनभने यस्तो राशि भएका व्यक्तिमा आन्तनियन्त्रणको भावना धेरै प्रबल हुन्छ । यस्ता राशि भएका व्यक्ति अन्य व्यक्तिको तुलनामा उत्कृष्ट तरिकाले सोच्ने तथा बिचार गर्ने क्षमता हुन्छ । यो राशि भएका व्यक्ति सधैं सक्रिय रहन्छन् । साथै यस्ता व्यक्तिले छिट्टै सफलता पनि हासिल गर्छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
