आमाको उपचारको लागि पैसा लिएर आएका छोरा बाटोमै यसरी लुटिए

विराटनगर । बिरामी आमाको उपचारका लागि सुनसरीबाट रकम लिएर विराटनगर आउँदै गरेका एक युवा विराटनगरमै लुटिएका छन्। लुटेराहरुले पीडितको साथबाट मोटरसाइकल र ५० हजार नगद लिएर फरार भएका छन्।

बिरामी भएर कोशी अञ्चल अस्पतालमा भर्ना गरिएकी आमाको उपचारका लागि नगद ५० हजार लिएर विराटनगर आउँदै गरेका सुनसरी देवानगन्ज २ का २४ बर्षीय वीरेन्द्र यादवलाई लुटेराहरुले कुटपिट गरी दिनदहाडै लुटेका हुन्।

Advertisement

देवानगन्जबाट आउँदै गरेका यादवलाई लुटेराको समूहले विराटनगर ७ को पिचरा, नहरचोकमा कुटपिट गर्दै लुटेका हुन्। उनी चढेको को ३१ प ४९९६ नम्बरको मोटरसाइकल, नगद ५० हजार, सिक्री, औंठी र हेलमेटसमेत लुटेराले लगेका छन्।

लुटेराहरुले चक्कु, ढुंगा र हेलमेटले कुटपिट गरेको पीडित यादवले बताए। कुटपिटको क्रममा यादव बेहोस भएपछि उनीसँग भएका नगद, गरगहना र मोटरसाइकल लिएर लुटेरा फरार भएका छन्। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

More News last news
Loading...