काठमाडौँ । नेपाल आएकी रोबोट सोफियालाई नेपालको बारेमा एक गम्भीर प्रश्न सोधिएको थियो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा नेपाल संयोजक रोनार्ड मायरले होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा रोबोटमाथि प्रश्न तेर्साउने गर्थे । मायरको प्रश्न थियो, ‘तपाईहरुजस्तो रोबोटले नेपालका जनतालाई सेवा पुर्या उने क्षेत्र के हुन सक्छ ? तपाईहरु जस्तो रोबोटले के सहयोग गर्न सक्नुहुन्छ ?
पोडियमबाट सोफियाको जवाफ आयो, ‘सम्भावनाहरु अथाह छन् । शिक्षा, टेलमेसिनरी, ब्लक चेन टेक्नोलोजीको प्रयोग गर्दै एक्युरेसी र ट्रान्सपरेन्सी सुनिश्चित गर्न सकिन्छ ।’
युएनडीपीको लोगोअंकित सेतो टी–शर्ट लगाएर पोडियममा उपस्थित सोफियालाई थप प्रश्न सोधियो, ‘अर्को ईस्यु, रोबोट र इथिक्सको छ । यसमा के भन्नुहुन्छ ?
सोफियाको जवाफ आयो, यो मान्छेको इस्यु हो । नयाँ कानूनहरु बनाएर समस्या हुन दिनुहुँदैन । महिलाका अधिकार तथा कामदारका अधिकार दिगो विकासका लागि आवश्यक छन् । कसैलाई पछाडि छाड्नु हुँदैन ।
रोबोटको माध्यमबाट नेपाल सरकारले जनताको पक्षमा के काम गर्न सक्छ भन्नेबारेमा सोफियाले व्यक्त गरेको छोटो मन्तव्यको भाव यस्तो थियो–
नेपाल सांस्कृतिक तथा पर्यावरणीय रुपमा विविधता भएको देशको हो । नेपाल टेक्नोलोजीका रुपमा विकसित हुँदै गरेको देश हो । नेपालमा भएको आइटी सेक्टर हाइब्रिड छ ।
यहाँका आइटी कम्पनीहरुले भूकम्पका बेला भत्केका घरहरुको पुनर्निर्माणमा पनि मद्दत गरेका छन् ।
टेक्नोलोजी र आर्टिफिसियल इन्टिलिजेन्सको मद्दतले भोकमरी, भ्रष्टाचार, लैङ्गकि असमानताका मुद्दाहरुमा काम गर्न सजिलो हुन्छ । मेसिन र रोबोट तपाईहरुको जीवन सहज बनाउनका लागि हो ।
इन्टरनेटको सहयोगले नेपालका कुनाकुनालाई संसारसँग जोड्न सकिन्छ । गुणात्मक शिक्षा प्रदान गर्न सकिन्छ ।
आर्टिफिसियल इन्टिलिजेन्स र बिग डाटाको प्रयोग गरेर शिक्षा तथा कृषिमा ठूलो फड्को मार्न सकिन्छ । हामीले भएका सीमित स्रोत साधनको उचित प्रयोग गर्न सक्छौं र संसारलाई राम्रो बासस्थान बनाउन सक्छौं ।
मैले पहिले पनि भनें, सम्भावना असीमित छन् । मलाई आशा छ यो कन्फरेन्सले नेपाललाई आफ्नो विकास लक्ष्य हासिल गर्न उत्साह प्रदान गर्नेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
