यी रोग भएका मानिसले तीते करेला सेवन गरे विष बराबर !

एजेन्सी । तीते करेला वैज्ञानिक वर्गीकरण अनुसार फूलफुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्ने एक वनस्पति हो। स्वादमा तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। यो स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ।

यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु विष बराबर :

Advertisement

महिनावारी समस्या: महिनावारीको समयमा यो खाएमा अत्यधिक रक्तश्राव हुन सक्छ । त्यसैले महिनावारीको समस्या हुनेहरू करेलाबाट टाढा रहन पर्छ।

गर्भवती : बढी करेलाको सेवनले गर्भ तुहिनेसमेत डर हुन्छ । त्यसैले यस्तो अवस्थामा करेला खाँदा ध्यान पुर्‍याउन जरुरी हुन्छ ।

पायल्स : तितेकरेलाको प्रयोगले पायल्सको समस्यालाई थप बल्झाउन मद्दत गर्छ ।

शल्यक्रिया: शल्यक्रिया गरेपछि करेलाको प्रयोगले रगतमा सुगरको मात्रालाई प्रभावित पार्छ ।

कलेजोको समस्या : तितेकरेलाको अत्यधिक प्रयोगले कलेजोमा एन्जाइम्स बढ्न थाल्छ, जसले इन्फेक्सनको सम्भावना बढाउँछ ।

More News last news
Loading...