धनीँया, हरियो खुसार्नी जस्ता भान्सामा नियमित प्रयोग हुने तर अति कम मात्रा प्रयोग हुने वस्तु हुन् । साथसाथै धेरै दिनसम्म राख्दा कुहिने र ओइराउँने समस्याले सबैलाई पिरलेको हुन्छ। तर तरिका जाने यस्ता वस्तुलाई पनि लामो समयसम्म टिकाउ बनाउन सकिन्छ।
त्यसको लागि केही विधि अनुसार यिनलार्ई राख्नुपर्छ।
जरासहितको धनियाँलाई पहिले नुनपानीमा पखाल्नुहोस्।
कुनै भाँडोमा पानी राखेर जरा मात्रै डुब्ने गरी राख्नुहोस् । हरियो धनियाँ सातादिनसम्म पनि हरियै र ताजै रहन्छ।
आवश्यकताअनुसार निकाल्दै प्रयोग गर्न सक्नुहुन्छ।
हरियो खुर्सानी चाँडै बिग्रिनुमा भेट्नोको खास दोष हुन्छ।
बजारबाट ल्याएपछि सबै खुर्सानीका भेट्ना चुँडाएर फालिदिनुहोस्।
अब, एउटा प्लास्टिक या बट्टामा खुर्सानी राख्नुहोस् र हावा नछिर्ने गरी प्याक गरिदिनुहोस्।
झन्डै महिनादिनसम्म पनि हरियो खुर्सानी हरियै रहन्छ, बिग्रिँदैन ।
आवश्यकताअनुसार निकाल्दै भान्सामा उपभोग गर्नुहोस् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
