अध्यक्ष ओली र महासचिव पोखरेलको सम्बन्ध किन चिसियो ?

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेलबीचको सम्बन्ध चिसिएको छ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दाबेदारका रुपमा रहेका पोखरेललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो। अर्थमन्त्री बन्ने आकाक्षांसहित पार्टी अध्यक्ष ओलीसँग लबिङ गरेका महासचिव पोखरेल अन्तिम समयसम्म अर्थमन्त्री हुनेमा ढुक्क थिए।

Advertisement

दोस्रोपटक मन्त्रिपरिषद विसतार हुने दिन बालुवाटारमा ओली र पोखरेलबीच मन्त्रालयको बीचमा छलफल भएको थियो।

पोखरेलले अर्थमन्त्रीबाहेक अन्य मन्त्रालयमा नजाने अडानसहित बाहिरिने क्रममा ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने प्रतिवद्धतासहित शपथको तयारी गर्न आग्रह गरेका थिए।

एमालेका एक नेताले भने, ‘सपथका लागि तयारीका साथ महासचिव पोखरेल शीतल निवास पुग्नुभयो। कुन मन्त्रालय हो टुंगो लागेको थिएन। शीतल निवासभित्र प्रवेश गरेपछि रक्षा मन्त्रालयबाट स्वागतका लागि तयारी अवस्थामा रहेको कर्मचारीको फोन आयो। त्यसपछि महासचिव पोखरेल ओलीसँग निकै रुष्ट बन्नुभएको छ।’

रक्षा मन्त्रालयबाट खबर आएपछि मात्र मन्त्रालयको पत्तो पाएका पोखरेलले रक्षामन्त्रीको शपथ लिने कि नलिने दोधारमा परेका थिए। तर शीतल निवासमा सबै तयारी भएकाले सपथ लिने निर्णय लिएका एमालेका एक नेताले बताए। आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।

More News last news
Loading...