काठमाडौं । काठमाडौंमा एक कार्यक्रमका बीच नेपाली फिल्म ‘ तिमी संग’ को ट्रेलर रिलिज भएको छ। फिल्म तिमी संगमा साम्राज्ञी राज्य लक्ष्मी शाह, आकाश श्रेष्ठ र नजिर हुसेनको मूख्य भूमिका रहेको छ।
ट्रेलर सार्वजनिक कार्यक्रममा साम्राज्ञी सुन्दर र आत्मविश्वासी देखिएकी थिइन्। उनको सुन्दरता तथा आत्मविश्वास, आवरण र अनुहारमा मात्र होइन, उनले दिएका उत्तरहरुमा पनि झल्किएको थियो। उनले दिएको उत्तरले पत्रकारहरु ताली पिट्न समेत बाध्य भए।
प्रश्नहरुको शृंखलामा उनलाई केही समय अगाडी भाइरल भएको ट्याटु समबन्धि कुराको बारेमा पनि सोधिएको थियो, जुन उनि थाइल्याण्डमा भएको समयमा चर्चित बनेको थियो। त्यस सम्बन्धी उनले भनिन्, ” ट्याटु सम्बन्धि समाचारलाई मिडियाले यत्तिकै ठूलो बनाएर फैलाएको हो”।
यत्तिकैमा एक पत्रकारले प्रश्न सोध्दै गर्दा उनले भनिन्, ” हो यसै गरि, तपाईंहरुले ( मिडियाले) हामीलाई बोल्नै दिनुहुन्न र पूरा कुरा सुन्दै नसुनी अनुमानको भरमा समाचार फ़ैलाइदिनुहुन्छ”।
उक्त कार्यक्रममा बोल्दै साम्राज्ञीले फिल्म ‘ तिमी संग’ राम्रो बनेको र सुटिंग रमाइलो संग आत्मिय वातावरणमा सकिएको समेत बनाइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
