यी हुन्, पाँच दिनमै मोटोपन घटाउने तथा किड्नी सफा गर्ने घरेलु उपाय !

हामीमध्ये कसैलाई पनि अनावश्यकरुपमा मोटाउनु राम्रो लाग्देन । त्यसो त, मोटोपन रोग लुकाउने पर्दा समेत हो । हामी मोटोपनबाट मुक्त हुन विभिन्न अभ्यास गर्दछौं । तर यो कहाँ सजिलो छ र ?

तर यहाँ तपाईको लागि एउटा यस्तो चामत्कारिक विधि छ, जुन घरमै उपलब्ध हुने सामग्रीबाट तयार बनाउन सकिन्छ । यस्तो घरेलु उपचार पद्धतिले शरीरमा जम्मा भएको अनावश्यक बोसो तथा जलनलाई घटाउन काम गर्दछ । अझ खुसीको कुरा त यसले किड्नीको सफाई समेत गर्दछ।

Advertisement

यसलाई तयार बनाउन तीन मिनेटभन्दा कम समय मात्र लाग्दछ । तसर्थ, अब भारीभरकम व्यायाम र मोटोपन दुवैबाट एकसाथ मुक्ति पाउन यो प्राकृतिक तरिका अपनाउनुहोस् ।

सामग्रीः
केही ताजा धनियाँ, एक दाना कागती र आधा कप पानी

तयार गर्ने विधिः
एउटा भाँडामा कागतीको रस निकाल्नुहोस् र त्यसमा काटेर टुक्रा बनाइएको हरियो धनियाँ र आधा कप पानी राख्नुहोस् । त्यसलाई मिक्सरमा राम्रोसँग मिक्स गर्नुहोस्, अब तपाईको चामत्कारिक जुस तयार भयो ।

यसले कसरी काम गर्छ ?

धनियाँ
धनियाँमा शक्तिशाली एन्टी अक्सिड्यान्ट पाइन्छ जसले शरीरका कोशिकाहरुलाई पुनजिर्वित गर्न सहयोगी सिद्ध हुन्छन् । त्यस्तै मृगौलाको कामलाई प्रभावशाली बनाउन पनि यसले सघाउँछ । धनियाँमा अत्यधिक खनिज पदार्थ हुन्छ जसले मृगौलालाई मजबुत बनाउँछ । मृगौलाबाट विषाक्त पदार्थ निकाल्न र त्यहाँबाट बोसो हटाउन पनि धनियाँको रस सहयोगी हुन्छ ।

धनियाँमा बेटा क्यारोटिन, क्लोरोफिल र भिटामिन सि पाइन्छ, जसले रोगबाट हुने संक्रमण र क्यान्सरजस्तो खतरनाक रोगसँग लड्न सहयोग गर्दछन् । धनियाँ धेरै राम्रो मुत्रवद्र्धक हो, यसले शरीरको विषाक्त पदार्थहरुलाई पिसाबमार्फत निकाल्न सहयोग गर्दछ । यस्तै यसले उच्च रक्तचापलाई न्यूनीकरण गर्दै मृगौलालाई सुरक्षित राख्न मद्दत गर्दछ ।

कागती
कागतीमा अत्यधिक मात्रामा भिटामिन सी तथा बी पाइन्छ, जसले मृगौला र शरीरलाई सफा र तन्दुरुस्त राख्न मद्दत गर्दछ । कागतीमा सोडियमको मात्रा कम हुन्छ भने पोटासियमको मात्रा बढी हुन्छ जुन मृगौलाको लागि धेरै राम्रो हो।

यी दुवैको समिश्रणबाट नयाँ शक्तिशाली पेयपदार्थ बन्दछ, जसले शरीरको विषाक्त पदार्थहरु निकालेर पाचन शक्तिलाई बढाउँछ भने मोटापन घटाउन पनि सहयोग गर्दछ।

प्रयोग गर्ने तरिका :
यो मिश्रणलाई पाँच दिनसम्म बिहान खाली पेटमा पिउनुहोस् र फेरि १० दिनको अन्तरालमा फेरि पाँच दिन प्रयोग गर्नसक्नुहुनछ जसले तपाईले चाहनुभएको नतिजा निकाल्दछ ।

More News last news
Loading...