सांकेतिक तस्बिर
बीबीसी। मेरो नजर टेवलमाथि राखेको तिम्रो फोटोमाथि परेपछि मलाइ प्यार हुन्छ, तिम्रो तस्वीर हेरेर म आफैंमा हराउन थाल्छु।
मलाइ आफ्ने जीवन यसैगरी तिम्रो प्यारमा बिताउन मन छ। जाहिराको नामबाट लेखिएको यो मेरो अन्तिम पत्र थियो।
म उनीसँग मेडिलक कजेलमा मिलेकी थिएँ। र, हामी दुवैजना साथी बन्यौं। समयक्रमसँगै यो मित्रता कहिले प्यारमा परिवर्तन भयो थाहा नै भएन।
मैले उनलाई भनेकी थिएँ, की मलाइ केटा होइन केटी मन पर्छ। उनले मेरो कुरालाई सामान्य रुपमा लिइन र हामी राम्रो साथी बनिरह्यौं।
एक दिन मलै एक दिन जाहिराको केटा साथीलाई भेटेँ। अनि म होस्टलमा आएर धेरै बेरसम्म रोएँ। यस्तो पनि होइन, की मैले कुनै केटा साथीसँग डेट गर्ने कोशिश नगरेको होस्। एक जना केटासँग मेरो सम्बन्ध पनि थियो।
त्यतिबेला मलाइ के लाग्यो भने म कुनै पुरुषसँग भावनात्मक र शारीरिक सम्बधमा जोडिन सक्दिन।
यो कुरा मेरी आमालाई पनि थाहा थियो। एक दिन आमाले मेरो विवाहको कुरा गर्न थाल्नु भयो। मैले आमाको खुशीकालागि विवाह गर्ने मन पनि बनाएकी थिएँ। फेरि मलाइ के लाग्यो भने आफैंसँग गलत गर्दैछु।
र, मैले आमालाई भने, म कुनै पनि केटासँग विवाह गर्न सक्दिन।’ आज म २६ वर्षकी भएँ। मेरो आकर्षण केटासँग होस भनेर आमा नयाँ नयाँ तरिका खोज्नुहुन्छ। बुवालाई अहिलेसम्म मेरो सेक्शुअल ओरिएन्टेशनका बारेमा थाहा छैन।
आगामी दिनमा पनि मेरा आमा बुवाले मलाइ विवाह गर्न दवाब दिनुहुन्छ। तर मैले फैशला गरेकी छु, मलाइ मेरो सेक्शुएलिटीमाथि गर्व छ।
बीबीसी हिन्दीको स्तम्भ हर च्वाइसबाट
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
