एजेन्सी। विवादित रहिरहने भारतीय अभिनेत्री राखी सावन्त फेरि एक पटक चर्चामा छिन्। राखीले एक अन्तरवार्ताको क्रममा सनी लियोनीमाथि गम्भीर आरोप लगाउँदै भनिन् ‘उनले मेरो नम्बर धेरै जनालाई दिएकी छिन्।
उनले मेरो नम्बर पोर्न फिल्म उद्योगका मान्छेहरुलाई दिएकी छिन्। त्यसपछि मलाई लगातार फोन आइरहेका छन्। मलाई फोनमा सताइएको छ।’
राखीले फोन गर्नेहरुले आफूलाई राम्रो पैसाको अफर गरिरहेको बताइन्। साथै उनीहरुले आफ्नो भिडियो र मेडिकल सर्टिफिकेट मागिरहेको राखीले बताइन्। राखीले आफूले यस्तो काम गर्न पटक्कै नचाहेको भन्दै यस्तो काम गर्नुभन्दा मर्न तयार हुने बताइन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
