तपाईंलाई थाहा छ ? नितम्ब ठूलो हुनुको अर्थ !

काठमाडौँ । एक नयाँ अनुसन्धानका अनुसार जसको तौलको ठिक छ तर नितम्ब, जाँघ र खुट्टामा धेरै बोसो जमेको छ भने उनीहरुमा स्ट्रोक, मधुमेह र हृदयघातको आशंका कम हुन्छ।

सेल रिसर्च जर्नलमा यो अनुसन्धान छापिएको छ। उक्त अनुससन्धान अनुसार जो मानिसहरुको शरिरको तल्लो भागमा बोसो कम हुन्छ उनीहरुमा हृदयरोग र मृत्युको आशंका बढि हुन्छ।

Advertisement

यद्यपी, यो शोध मोटोघाटो मानिसहरुमा लागू छैन। यसको कारण यो हो कि मोटोघाटो मानिसहरुको फोक्सो र मुटुको वरिपरि बोसो धेरै हुने भएकाले उनीहरुमा हृदयघातको आशंका पहिलेदेखि नै धेरै हुने गर्दछ।

मधुमेह विशेषज्ञ नोर्बर्ट स्टीफनले उक्त शोधको समर्थनमा उचित तौल भएका यस्ता मानिसहरु स्वस्थ हुन्छन् जसको शरिरको आकार स्याउको तुलनामा नास्पातीको जस्तो हुन्छ।

नितम्ब र जाँघ बोसो खपतका लागि सुरक्षित स्थान हो। पेटको बोसोको तुलनामा जाँघ र नितम्बको बोसो ठिक मानिन्छ।

उक्त शोधका अनुसार पेटको बोसोले रगतमा फ्याटी एसिड धेरै छोड्ने गर्दछ जसका कारण मधुमेह, इन्सुलिन प्रतिरोधक र कोलेस्ट्रोलको खतरा बढ्ने गर्दछ।

More News last news
Loading...